सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन रोक्ने षड्यन्त्रस्वरुप महाअभियोग दर्ता भएको ओलीको स्पष्टोक्ति


  •    न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १३:१९ 
  • काठमाडौँ, १ फाल्गुन।  पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग निर्वाचन रोक्ने षड्यन्त्रस्वरुप आएको भनेर स्पष्ट परेका छन् ।

    प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि अध्यक्ष ओलीले सत्ता गठबन्धनको कडा निन्दा गरेका छन् । आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव पेस गरेसँगै ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

    उनले महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आएकोले धरै गम्भीर षडयन्त्रको प्रकटीकरण भएको पानी बताएका छन् । उनले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० गतेमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताए ।

    यस्तै प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले यस्तो प्रतिक्रिया दिएका छन् ।

    प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको बारेमा आफ्नो पार्टीलाई केही जानकारी नभएको पनि एमालेले स्पष्ट परेको छ । एमालेले पार्टीको संसदीय दलको बैठक भोलि बिहान ११ बजे बोलाएको छ । एमालेले आफ्ना सवै सांसदलाई आज बेलुकीसम्म काठमाडौँ आउन पनि निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.