सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव आएको भन्दै एमालेको आपत्ति


  •    न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १२:५८ 
  • काठमाडौँ,१ फाल्गुन।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आज आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले यस्तो प्रतिक्रिया दिएका छन् ।

    प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको बारेमा आफ्नो पार्टीलाई केही जानकारी नभएको पनि एमालेले स्पष्ट परेको छ । एमालेले पार्टीको संसदीय दलको बैठक भोलि बिअह्न १० बजे बोलाएको छ । एमालेले आफ्ना सवै सांसदलाई आज बेलुकीसम्म काठमाडौँ आउन पनि निर्देशन दिएको छ ।

    हाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी ) सहितका जम्मा ९८ जना सांसदले हस्ताक्षर गरेको बुझिएको छ । कानुनमन्त्री बडू संसद सचिवालय सिंहदरवारमा गएको बुझिएको छ ।

    महाअभियोगको प्रस्तावको प्रस्तावकहरुमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङ र नेकपा (एकीकृत समाजवादी) का सांसद जीवराम श्रेष्ठ रहेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.