सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल बारले फेरि आन्दोलन चर्काउने


  •    न्युजभित्तो/२८ माघ २०७८, शुक्रबार १७:२७ 
  • काठमाडौँ,२८ माघ। नेपाल बार एसोसिएसनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन चर्काउने भएको छ । कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिकरुपमै सुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बार न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।

    ‘सर्वोच्च प्राङ्गणमा निरन्तर चलिरहेको विरोध कार्यक्रम कोभिड–१९ को संक्रमण तथा अदालतमा समेत सेवा संकुचन गरिएको र नेपाल सरकारबाट जारी विभिन्न मापदण्ड, निर्देशन समेतका कारण भर्चुयल माध्यमबाट सञ्चालन हुँदै आएकोमा हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण यहि २०७८ फागुन १ गतेदेखि बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म सर्वोच्च अदालत केन्द्रित हाम्रो आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने व्यहोरा जानकारी गराउँदै उपत्यकामा रहनु हुने सम्पूर्ण कानून व्यवसायीज्यूहरुको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं’, बारको विज्ञप्तिमा भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.