सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दीपज्योति र अभिबृद्धिको संयुक्त साधारणसभा


  •    /२१ भाद्र २०७६, शनिबार २०:०६ 
  • भरतपुर । भरतपुरको दीपज्योति बचत तथा ऋण सहकारी र अभिवृद्धि सहकारीबीच एकीकरण भएको छ । ०५१ साल माघ ७ गते खुलेको दीपज्योति र ०६९ साल जेठ ३१ गते खुलेको अभिवृद्धि सहकारीको शनिबार एकीकरण भएको हो । दीपज्योतिका अध्यक्ष भोला शिवाकोटी र अभिवृद्धिका अध्यक्ष तुल्सीराम आचार्यले एकीकरणपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    दुबै संस्थाको शनिबार भरतपुरमा भएको संयुक्त साधरणसभामा एकीकरण घोषणा गरिएको हो । प्रदेश नं. ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले एकीकरण पछि बनेको सहकारी देशकै नमुना सहकारी बन्नुपर्ने बताउनुभयो । “संस्था ठूलो बनाउनुस्, प्रभावकारी बनाउनुस्, आर्थिक पारदर्शीता होस्”, मन्त्री लामाले भन्नुभयो “उत्पादनमुखी सहकारी बनुन्, अबका सहकारी मुलुक निर्माणमा साझेदारी बन्नुपर्छ ।”

    प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्रबहादुर खड्काले सहकारीको मूल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारीहरु चल्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का भरत दवाडी, जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराई, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशवप्रसाद रेग्मी, अर्थव सहकारी सचिव सृजना देवकोटा, भरतपुर सहकारीका अध्यक्ष कुलबहादुर खत्री लगायतले मन्तव्य राख्नु भयो ।

    सो अवसरमा रजत स्मारिकाको समेत मन्त्री लामाले विमोचन गर्नुभयो । बन्द सत्रमा दीपज्योतिका सचिव नारायणप्रसाद उपाध्याय, कोषाध्यक्ष नवराज मरहट्टठा, अभिवृद्धि सहकारीका सचिव शिवलाल ढकाल, कोषाध्यक्ष रुकमागत पराजुलीले प्रतिवेदन प्रस्तुत गर्नुभयो । एकीकरण पश्चात यो वर्षको नीति तथा कार्यक्रम समेत पारित भएको छ । एकीकरण पश्चात सहकारीको शेयर पूँजी ४ करोड ६७ लाख ४४ हजार ९ सय पुगेको छ । यस्तै ४० करोड ७२ लाख ९८ हजार ९ सय ६५ रुपैयाँ बचत मौज्दात पुगेको छ । यो वर्ष १९ प्रतिशत बढाउने लक्ष्य लिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.