सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै


  •    न्युजभित्तो/२८ माघ २०७८, शुक्रबार १०:२० 
  • काठमाडौं, २८ माघ ।  सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । हिजो बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठक आज पनि जारी रहने जानकारी दिएका थिए ।

    प्रवक्ता महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम जारी रहको छ । उनका अनुसार नेताहरुको बोल्ने क्रम नसकिएकोले आज पनि नेताहरुले आफ्नो धारणा राख्ने बताएका थिए ।

    उनका अनुसार बैठक आज सम्पन्न गर्ने तयारी काँग्रेसले गरेको छ । आजको बैठकमा नेताहले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

    हिजोको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।

    काँग्रेसको हिजो बसेको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुपर्ने निर्णय गरेको थियो । हिजो बसेको बैठकले एमसीसी राष्ट्रघाती नभएकोले संसदवाट अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

    कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको हो । कांग्रेसको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।

    कांग्रेस बैठकपछि पूर्वमहामन्त्री एवं नेता डा. शशांक कोइरालाले एमसीसी अनुुमोदन गरेर जनतामा जाने निर्णय गरेको जानकारी दिएका थिए । नेता कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको दावी गरेका थिए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको जानकारी दिएका थिए ।

    नेता डा. कोइरालाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । आफ्ना धारणा राख्दै कोइरालाले स्थानीय निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताएका थिए । कोइरालाले काँग्रेसले आफ्नो अस्तित्व जोगाउनुपर्ने भन्दै गठबन्धनमा बस्न नहुने बताएका हुन् ।

    कोइरालाले निर्वाचनमा कांग्रेसलाई भोट हाल्न चाहनेहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्नु बुद्धिमानी नहुने बताए । उनले कांग्रेसलाई भोट हाल्न तयार भएर बसेकाहरूलाई अर्को पार्टीमा भोट हाल्न बाध्य पार्नु उपयुक्त नहुने स्पष्ट पारेका हुन् ।

    हिजोको बैठकमा सभापति देउवाले एमसीसीका विषयमा ब्रिफिङ गरिदिन पूर्वअर्थमन्त्री समेत रहेका नेता डा. रामशरण महतलाई आग्रह गरेपछि महतले लामो व्याख्यासहित एमसीसी स्वीकार गर्नु नै बुद्धिमानी हुने निष्कर्ष सुनाएपछि कांग्रेसले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । डा. महतको बिफ्रिङपछि देउवाले जनता र अन्य दललाई समेत कन्भिन्स गर्ने विषय आएको भन्दै छोटकरीमा लेखरे ल्याउन महतलाई आग्रह गरेका छन् ।

    यस्तै कांग्रेसले एमसीसीलाई अन्योल बनाइराख्न नहुने पनि बताएको छ । कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता डा. महतले एमसीसीलाई अन्योल बनाउन नहुने र संसद्लाई निर्णय गर्न दिनुपर्ने बताए । संसद्मा छलफल भए ठूलो बहुमतका साथ पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

    त्यस्तै महतले एमसीसी संसद्मा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । उनले एमसीसीले संसद्मा प्रवेश नगराएर भ्रमको खेती गर्न नहुने उनले बताए ।

    यो पनि पढ्नुहोस्

    एमसीसी अनुमोदन गर्नुपर्ने काँग्रेसको निर्णय, राष्ट्रघाती नभएको निष्कर्ष

    स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नु नहुने शशांकको जोड

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.