सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरेन्द्रनगरका मेयर भन्छन्– काँग्रेस एक्लै लड्नुपर्छ, उपमेयर भन्छिन्– एमालेले एक्लै जित्छ


  •    न्युजभित्तो/२७ माघ २०७८, बिहीबार १४:४० 
  • सुर्खेत,२७ माघ। संघ र प्रदेशमा गठबन्धन सरकार चले पनि स्थानीय तहमा नेपाली काँग्रेसले एक्लै लड्नुपर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मेयरको सुझाव छ । स्थानीय तहमा गठबन्धन बनाइराख्न आवश्यक नरहेको उनको तर्क छ ।

    नेपाली काँग्रेसका नेतासमेत रहेका वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले रातोपाटीसँग भने, ‘प्रदेश र संघमा गठबन्धन बन्यो भन्दैमा स्थानीय तहमा गर्नुहुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो ।’

    सुर्खेतको वीरेन्द्रनगरमा काँग्रेसले एक्लै चुनाव जित्ने सुवेदीले दाबीसमेत गरे । पार्टीले जिम्मेवारी दिए आफू मेयरमा दोहोरिन इच्छुक रहेको उनले संकेत गरे ।

    उता नेकपा एमालेबाट वीरेन्द्रनगरको उपमेयरमा निर्वाचत एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले भने वीरेन्द्रनगरमा आगामी चुनाब एमाले एक्लैले जित्ने दाबी गरिन् ।

    प्रस्तुत छ, पाँच वर्षमा मेयर र उपमेयरले गरेका काम र आगामी चाहनाबारे रातोपाटीकर्मी पंखबहादुर शाहीले गरेको संक्षिप्त कुराकानी–

    ‘स्थानीय तहमा गठबन्धन गर्नुहुँदैन, काँग्रेसले एक्लै जित्छ’
    –नगरप्रमुख देवकुमार सुवेदी, नेपाली काँग्रेस

    तपाईले मेयर भएर पाँच वर्षमा के के काम गर्नुभयो र ?

    मेयरमा निर्वाचित भइसकेपछि खासमा पहिलो सरकार भएकाले यसलाई संस्थागत विकासका निम्ति, प्रशासनिक संरचनादेखि लिएर वडातहको सेवा प्रवाहको हिसाबले सकारात्मक रह्यो । सेवा प्रवाहमा सकरात्मक बनेका छौं । पूर्वाधारका हिसाबले यहाँका सडकहरू केही निर्माण भइसके त केही हुँदैछन् । मुख्य बजार क्षेत्रको विद्युतलाई व्यवस्थित गर्ने कामहरु भएका छन् । यसका अलवा यो नगरपालिकालाई ‘आइटी ९सुचना, प्रविधि० मा सहज नगरपालिकाका रुपमा अघि बढाएका छौं ।

    प्रदेशको राजधानी भएकाले हरियाली प्रवद्र्धन गर्नका लागि झण्डै पाँच हजार बिरुवा लगाएका मात्र छैनौं कि जोगाएका पनि छौं । शिक्षाको हकमा हामी निर्वाचित भइरहँदा कतिपय क्षेत्रमा माध्यमिक र प्राविधिक विद्यालय थिएनन्, अहिले माध्यमिक र प्राविधिक विद्यालय सञ्चालनमा छन् । १५ र १६ वडामा हामीले विद्युतीकरण गर्न सफल भयौं ।

    राजधानीको फोहोर व्यवस्थापनको निम्ति हामीले प्रदेश सरकारसँग मिलेर वायोग्यास प्लान्ट स्थापनाको तयारी गरिरहेका छौं । थुप्रै आन्तरिक बाटोहरु निर्माण गरेका छौं । यी सबै कामबाट सन्तुष्ट बनिएको छ भन्ने त होइन । अझै भेरीको पानी ‘लिफ्टिङ’ मार्फत वीरेन्द्रनगरमा पानी ल्यााउने कामका लागि विश्व बैंकसँग सम्झौता हुने प्रक्रिया अघि बढेका छन् । यी सुरुवाती मात्र हुन् ।

    अब मेयरमा दोहोरिने ईच्छा छ कि छैन र ?

    वास्तवमा बहुदलीय प्रणालीमा ईच्छा व्यक्त गर्ने कुरा भन्दा पनि पार्टीले जिम्मेवारी दियो र जिम्मेवारी सुम्पियो भने परिस्थिति एउटा हो । व्यक्तिको इच्छाले भन्दा मेयर बन्ने कुरामा मलाई धेरै ठूलो लाग्दैन । पार्टीले मेरो काम र मेरो कार्यकाललाई कसरी मूल्याङ्कन गर्छ, त्यसपछि मात्रै मैले पुनः मेयरका लागि चुनाव लड्नेरनलड्ने कुरा रहन्छ । म लड्छु भन्ने विषय पनि होइन । खासगरी पार्टी पद्दतिमा रहेको हुँदा पार्टीले भोलि के जिम्मेवारी दिन्छ, त्यसैगरी अघि बढिन्छ ।

    अहिलेसम्म मेरै कार्यकालमा विभिन्न कामहरु सुरुवात भएका छन् । म मेयरमा दोहोरिएँ भने सुरुवात भएका कामहरूलाई सफलतापूर्वक अघि बढाउन सकिन्थ्यो । पार्टीले नै यसरी सोचेर मलाई नै जिम्मेवारी दियो भने त नहुने भन्ने कुरै हुन्न । पार्टीको जिम्मेवारीलाई मान्नैपर्छ ।

    यसपालि गठबन्धन बन्छ कि काँग्रेस एक्लै लड्छ र ?

    मेरो व्यक्तिगत विचारले भन्दा स्थानीय तहमा गठबन्धन बन्नुपर्छ भन्ने पक्षमा छैन । तर, पार्टी पद्धतिको कुरा हो । अहिले संघ र प्रदेशमा गठबन्धन सरकार चलाएर बसेका छौं । त्यसले गर्दा केन्द्रीय नेतृत्वले त्यसैलाई निरन्तरता दियो भने त्यो अर्को विषय भयो । सुझावका हिसाबले प्रदेश र संघमा गठबन्धन बन्यो भन्दैमा स्थानीय तहमा गर्नुहुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो ।

    वीरेन्द्रनगरमा काँग्रेसले एक्लै जित्छ त रु पार्टीभित्रको गुटगत खेतीले प्रभाव पार्छ कि र ?

    होइन, वीरेन्द्रनगरमा त काँग्रेसले एक्लै लडे पनि जितिहाल्छ नि । यसमा त किन गठबन्धन चाहियो र रु काँग्रेसको जिल्ला कार्यसमितिको सचिवका हिसाबले मैले भन्नुपर्दा पार्टीको आन्तरिक चुनावलाई बिर्सिएर यहाँ भित्रका सबै ‘राइट म्यान, राइट प्लेस’ का हिसाबले अघि बढ्नुपर्छ । यो वातावरण पनि हाम्रो तहबाट सिर्जना हुन्छ ।

    सबै काँग्रेसी साथीहरु आगामी निर्वाचनमा एक भएर प्रस्तुत हुनुपर्छ भन्ने मैले विश्वास लिएको छु । त्यो आधारमा वीरेन्द्रनगरमा काँग्रेसले आफ्नो वर्चश्व स्वतः जमाउँछ नै ।

    ‘बीरेन्द्रनगरमा एमालेले एक्लै जित्छ’
    उपमेयर मोहनमाया ढकाल ९भण्डारी०, नेकपा एमाले

    तपाईले उपमेयर भएर पाँच केके काम गर्नुभयो र ?

    हामीले संघीयताको पहिलो अभ्यास गर्दै–गर्दा सकेको धेरै गर्ने प्रयास ग¥यौं । ‘शैक्षिक प्रशासन र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ समुन्नत वीरेन्द्रनगर’ भन्ने नाराका साथ हामी पूर्वाधारका क्षेत्रमा सामुदायिक विद्यालयका भौतिक संरचना निर्माण, शिक्षाको गुणस्तर, सडक निर्माणजस्ता कामहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौं ।

    उपप्रमुखलाई न्यायिक क्षेत्रको जिम्मेवारी दिइएकाले यो क्षेत्रमा सक्दो काम गरेका छौं । जतिसक्दो जनतालाई स्थानीय सरकारले दिनुपर्ने, आफ्नो कार्यक्षेत्रभित्र रहेर दिनुपर्ने अधिकारको प्रत्याभूति दिलाउने प्रयास गरेकी छु । प्रदेश राजधानी भएकाले यहाँभित्रको सौन्दर्यता, पर्यटकीय क्षेत्रको विकासमा पनि सुधारात्मक विकास भएको छ । साविकको वीरेन्द्रनगरका ‘प्लानिङ’ एरियाभित्रका सडकहरूको विकास भइरहेको छ ।

    स्वास्थ्यका क्षेत्रमा पनि निकै सुधार आएको छ । महिलाका क्षेत्रमा महिलाका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था, महिला स्वरोजगार कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्स रे लगायतका कार्यक्रमहरु अहिले प्रभावकारी बन्दै गएका छन् । यी सुरुवात मात्र हुन्, मूर्तरुप दिनका लागि त समय लाग्छ नै ।

    अब तपाई एमालेबाट मेयरको दाबेदार हो र ?

    अब उपमेयर भएर काम गरिसकेपछि प्रमुख हुने चाहना त हुन्छ नै । तर, पार्टीसँगको समन्वय र पार्टी नै प्रमुख भएकाले पार्टीले त्यो खालको वातावरण सिर्जना गरे त भैहालिएला नि । तर, अहिले नै यस्तो उस्तो भन्ने समय त भएको छैन । समय आएपछि थाहा भैहाल्छ नि । अहिले नै छलफल त भएको छैन । यसअघिको अनुभवले थप जिम्मेवारी भएपछि गर्न सकिन्छ भन्ने मेरो दाबी छ ।

    एमालेले वीरेन्द्रनगरमा एक्लै जित्ला त र ?

    वीरेन्द्रनगर नगरपालिकामा त एमाले जित्छ नै । यसमा हामी ढुक्क छौं । हामीले ०७४ को स्थानीय तहको निर्वाचन सिङ्गल नै लडेको हो । अहिले पनि काँग्रेस, माओवादी, एस पार्टीको गठबन्धन छ । त्यसमा भोट प्याट्रन हेर्दाखेरि हाम्रो जुनखालको मजबुद संगठन छ । त्यसले गर्दा चुनाव जितिन्छ भन्ने लाग्छ ।

    एमाले विभाजनको असर हामीलाई पर्दैन । तीनवटा वडाअध्यक्षज्यूहरु एकीकृत समाजवादीमा लाग्नुभएको छ । तर, सदस्यहरु हामीसँगै हुनुहुन्छ । वडा कमिटीहरु निकै सक्रिय भएर लागिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.