सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनावी सहकार्यका लागि गठबन्धन दलबीच छलफल


  •    न्युजभित्तो/२७ माघ २०७८, बिहीबार १४:२० 
  • बागलुङ,२७ माघ। यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो ।

    गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।

    “स्थानीय परिस्थिति र अनुकूलतामा गठबन्धनलाई कसरी मजबुत पार्ने र चुनावसम्मै लिएर जाने विषयमा सौहार्द ढङ्गले कुराकानी भयो, छलफललाई फेरि निरन्तरता दिने गरी हामी उठ्यौँ”, उहाँले भन्नुभयो । शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि त्यसको गृहकार्य अघि बढेको उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थाका चुनावमा पनि सत्ता गठबन्धन दलबीच सहकार्य गरेर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

    छलफलमा सहभागी गठबन्धनको प्रमुख घटक नेकपा ९माओवादी केन्द्र०, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्थानीय तहको चुनाव घोषण भएको स्थितिमा जिल्लास्तरमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको बताउनुभयो । “नेताहरूबीच गठबन्धनका सन्दर्भमा अनुभव आदानप्रदान भयो, एक किसिमको समीक्षाजस्तो पनि भयो”, उहाँले भन्नुभयो, “ठ्याक्कै ठोस मुद्दामा छलफल प्रवेश त गरेको छैन, तर पनि गठबन्धन दलका नेताबीचको भेटघाटले सकारात्मक सन्देश दिएको छ, यसले अरु जिल्लालाई पनि प्रेरित गर्छ ।”

    केन्द्रमा पाँच दलीय गठबन्धन कायमै रहेर चुनावी समीकरण बनेमा त्यसलाई जिल्लामा पनि लागू गरेर जानुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय राजनीतिको परिदृश्य बदलिएमा भने त्यसको असर तल पनि पर्न सक्ने संयोजक गैरेले बताउनुभयो । छलफलमा कांग्रेस सभापति शेरचन, माओवादी केन्द्रका संयोजक गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष लालबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी हुनुहुन्थ्यो ।

    स्थानीय तहको चुनाव घोषणा भएसँगै दलहरु तात्न थालेका छन् । नेकपा ९एमाले० को जिल्ला शखाले पनि चुनाव केन्द्रित अभियान सञ्चालन गरिने जनाएको छ । चुनावलाई लक्ष्य गरी आउँदो फागुनभित्रमा प्रदेशको निर्वाचनका लागि क्षेत्रस्तरमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने निर्णय भएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.