सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड र नेपालसँगको सहकार्य तोडेरै भएपनि एमसीसी पास गर्ने देउवाको तयारी


  •    न्युजभित्तो/२६ माघ २०७८, बुधबार १५:१० 
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारी गरेका छन् ।

    प्रधानमन्त्री देउवासँग सत्ता सहकार्य गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्नुपूर्व केही बुँदामा संशोधन गरेर मात्र पास गर्न सकिने भन्ने सर्त राखेपछि देउवा गठबन्धन तोडेरै भएपनि एमसिसी पास गर्न तातेका हुन् ।

    सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा भएपछि प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी समेत दिएका थिए ।

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने अडान राख्दै आएका छन् । एमसीसीको विषयलाई लिएर पछिल्लो समय सभामुख सापकोटाले दवावमा छन् । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि उनी दोधारमा परेका हुन् ।

    सभामुख सापकोटालाई महाभियोग लगाएर हटाएमा संसदवाट एमसिसी पारित गर्न सहयोग गर्ने एमालेले ग्रिन सिग्नल दिएपछि देउवाले सभामुख सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

    प्रधानमन्त्री देउवाको आग्रहमा सभामुख सापकोटाले आज बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक हिजो अचानक स्थगित गर्न सूचना प्रकाशन गर्न लगाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको आज बुधबार १ बजेका लागि पूर्वनिर्धारित बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो ।

    प्रधानमन्त्री देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले आज बस्ने भनिएको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेतापनि सत्तारुढ गठबन्धनभित्रै सहमति जुटन नसकेर एमसीसीबारे सहमति जुटाउन बैठक स्थगित गर्न लगाएका हुन् ।

    फागुन २ गतेभित्र एमसीसीबारे सत्ता गठबन्धन दलहरुबीच सहमति कायम भए एमसीसी टेबल हुने देखिएको छ तर सहमति नभए प्रधानमन्त्री देउवाले अर्को विकल्प खोज्दै सभामुख सापकोटालाई हटाउने प्रक्रिया थाल्ने काँग्रेसको देउवानिकट स्रोतले बतायो ।

    प्रधानमन्त्री देउवासँग एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सभामुख सापकोटाको विकल्प खोज्न साथ दिने प्रतिबद्धता जनाइसकेको देउवानिकट स्रोतले बताएको छ । संसद्मा जारी गतिरोधलाई हटाउनको लागि सहमति जुटाउन भनेर सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले बहिस्कार गर्दै आएको छ ।

    एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले नटाँसेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । एमालेका अध्यक्ष ओलीले सभामुख सापकोटालाई हटाउनुपर्ने र आफ्ना पार्टी छाडेर एकीकृत समावादी पार्टीमा गएका सांसदहरुलाई तत्काल हटाउनु पर्ने माग पटक-पटक राख्दै आएका छन् ।

    एमसीसीको मुख्यालयलाई पत्र लेखेपछि पारित गर्नुपर्ने थप दबाबमा रहेका प्रधानमन्त्री देउवाले भरसक सत्ता गठबन्धनबीच सहमति गराएर एमसीसी पास गर्ने मनस्थितिमा रहेपनि एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तगारो बनिरहे विकल्प खोजेर एमसीसी पास गर्ने मोडमा समेत रहेका छन् ।

    यो पनि पढ्नुहोस्

    एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

    एमसीसी बजेट जसरी संसदबाट पास हुँदैन : सभामुख सापकोटा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.