सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले चितवनमा नयाँ नेतृत्व : महिला, दलित र जनजाति विहिन पदाधिकारी


  •    न्युजभित्तो/२६ माघ २०७८, बुधबार १०:०९ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको अध्यक्षमा रामप्रसाद न्यौपाने, उपाध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश खनाल शैलेस, सहसचिवमा प्रकाश ढुंगाना र चन्द्रकान्त न्यौपाने चयन हुनु भएको छ । पदाधिकारीमा महिला, दलित र जनजातिले भने स्थान पाएका छैनन् । नेकपा एमालेमा महिला नेतृ पार्वती रावलले नेतृत्व हस्तान्तरण गर्दैगर्दा पदाधिकारीमा महिलाको उल्लेख्य सहभागिता हुने अपेक्षा आम कार्यकर्ताको थियो ।

    एक महिना लामो गृहकार्यपछि नेतृत्व चयन गरिएको हो । एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । एमालेको अध्यक्षका लागि न्यौपानेसँगै कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले पनि आकांक्षा राख्नु भएको थियो ।

    पार्टी सचिव शैलेश खनाल रामबहादुर थापा बादल समूहबाट प्रतिनिधि गर्नुभएको छ । उहाँ यसअघिको कमिटीमा पनि सचिव हुनुहुन्थ्यो । एकता प्रक्रियाबाट आएका झण्डै १५ जना जिल्ला कमिटीमा समेटिएको जनाईएको छ ।

    एमालले भरतपुर महानगरपालिकाबाट २० पुरुष र १२ महिला, रत्ननगर नगरपालिकाबाट ७ पुरुष र ५ महिला, खैरहनी नगरपालिकाबाट ७ पुरुष र ५ महिला, राप्ती नगरपालिकाबाट ७ पुरुष र ५ महिला, कालिका नगरपालिकाबाट ५ पुरुष र ३ महिला, माडी नगरपालिकाबाट ५ पुरुष र २ महिला तथा इच्छाकामना गाउँपालिकाबाट ३ पुरुष र २ महिला जिल्ला कमिटीमा समेटिएका छन् । निर्वाचन क्षेत्रका आधारमा समेत जिल्ला कमिटीका सदस्यहरुको प्रतिनिधित्व गराइएको छ ।

    नयाँ नेतृत्वलाई आज दिउँसो १ बजे पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम एमाले पार्टी कार्यालय भरतपुरमा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.