राप्रपाबाट अलग भएको कमल थापाको घोषणा (विज्ञप्तिसहित
न्युजभित्तो/२५ माघ २०७८, मंगलवार १४:४१
काठमाडौं,२५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले (राप्रपा) छाडेको घोषणा गरेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।
थापाले प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । उनले भनेका छन्,‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु ।’ थापाले राजनीतिमै क्रियाशील हुने बताए । उनले नयाँ पार्टी खोल्नेबारे भने केही खुलाएनन् ।
थापाले विगतमा गीता छोएर कसम खाँदै राप्रपा कहिले नफुटाउने भनेका थिए । तर, राप्रपाको अध्यक्षमा पराजित भएपछि उनले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
उनले लेखेका छन्,’‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्, ‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छु। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु।”