सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार दाहालले दिए मन्त्री यादव विरुद्ध जाहेरी


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार १५:१४ 
  • काठमाडौँ,२४ माघ। पत्रकार एवं नागरिक अभियन्ता तारानाथ दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
    जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादवले माघ ५ गते रौतहटको एक कार्यक्रममा गौर नरसंहार दोहर्याउने धम्की दिएको प्रकरणमा पत्रकार दाहालले हुलाकमार्फत जाहेरी दिएका हुन् । पत्रकार दाहालले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटलाई जाहेरी पठाएको बताए ।

    आपराधिक दुरुत्साहन सम्बन्धी कसुर गरेको जाहेरी पत्रमा उल्लेख छ । जाहेरी पत्रमा भनिएको छ, ‘वर्तमान परिप्रेक्ष्यमा सिके राउतको जनमत पार्टीले मधेश प्रदेशमा किसानको मुद्दाहरु उठाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । यस आन्दोलनको क्रममा उग्र गतिविधिहरु समेत देखाउँदै आइरहेका छन् । यस्तो सन्दर्भमा बहालवाला मन्त्री जस्तो जिम्मेवार व्यक्तिको दुरुत्साहन पूर्ण अभिव्यक्तिले समाजमा शान्ति सुरक्षा बनाई राख्न चुनौति थप्छ । तसर्थ, निज अन्यायीलाई हदैसम्मको सजाय गर्नु पर्ने देखिन्छ ।’

    यसअघि नेपाली काँग्रेसका नेता रंजित कर्णले पनि प्रहरीमा जाहेरी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.