सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ पार्टी खोल्ने विषयमा छलफल गर्न कमल थापाले बोलाएको बैठक जारी


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार १२:५२ 
  • काठमाडौं,२४ माघ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पूर्वअध्यक्ष कमल थापाले आफू निकट नेताहरुको बोलाएको बैठक जारी रहेको छ । जारी बैठकको मुख्य एजेण्डा नयाँ पार्टी खोल्ने विषय नै हुने बताइएको छ ।

    उनले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नयाँ पार्टी खोल्ने तयारी स्वरूप केन्द्रीय सदस्य र पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले राजसंस्थाकाे आलोचना गर्दै आएका छन् ।

    विगतमा थापाले निर्मल निवासको ठाडो हस्तक्षेपवाट राप्रपा अध्यक्षमा आफू हारेको भनेर पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आरोप लगाउदै निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको टिप्पणी समेत गरेका थिए । उनले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन नसकिने पनि बताउदै आएका छन् ।

    बैठकमा पटक-पटक आफूले लेखेको पत्र, पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी मनोनय लगायत विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । केही समय अगाडि भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा अध्यक्षका प्रत्यासी थापा पराजित भएका थिए ।

    थापाले पार्टीमा सबैलाई समेट्न ध्यानाकर्षण पत्र लेख्दै आफूले गत २७ मंसीरमा पठाएको पत्रप्रति गम्भीर बन्न अध्यक्षलाई आग्रह गरेका थिए । आफ्नो पत्रलाई अध्यक्षले रद्दीको टोकरीमा मिल्कादिएको भन्दै उनले महाधिवेशनपछि आफूलाई पार्टीका कुनै पनि कार्यक्रममा संलग्न नगराएकोप्रति गुनासो गरेका थिए ।

    यता राप्रपाका अध्यक्ष लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका छन् ।

    आइतबार पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको र छलफलका क्रममा देखिएका केही विषयलाई चाँडै टुंगोमा पुर्‍याइने उल्लेख गरेका थिए । राप्रपाका कार्यकर्ता र शुभेच्छुकलाई निराश नबनाउने भन्दै उनले चाँडै सकारात्मक सन्देश प्रभाव गर्ने बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.