सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु


  •    न्युजभित्तो/२१ माघ २०७८, शुक्रबार ११:०९ 
  • जलेश्वर,२१ माघ।  हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नंको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

    पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.