मूल्यबृद्धि फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने अनेरास्ववियु महानगर कमिटीको चेतावनी
न्युजभित्तो/२० माघ २०७८, बिहीबार १२:१३
चितवन, २० माघ । अनेरास्ववियु भरतपुर महानगर कमिटीले पेट्रोलियम पदार्थ लगायतको मूल्यबृद्धि फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महानगर अध्यक्ष सचेत सुवेदिद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रियताका सवालमा मौन रहेका सरकारले पेट्रोलियम पदार्थ लगायतमा चर्काे मूल्य बृद्धि गरेको उल्लेख छ ।
जारी विज्ञप्तिमा भनिएको छ “ जीवन अत्यन्त कष्टकर बनिरहँदा सरकार जनताप्रति जवाफदेही हुनुको सट्टा पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिनुले सरकार देश र जनताप्रति उत्ततरदायी बन्न नसकेको प्रष्ट भएको छ ।” रोग र भोकबाट प्रताडित जनताप्रति जवाफदेही हुन सरकारलाई हार्दिक अपिल अपिल गर्दै अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेको हो । विज्ञप्तिमा भनिएको छ “अनेरास्ववियूको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै प्रतिकार तथा सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।
परमादेशी गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनताको ढाड सेकाउने काम भएको आरोप लगाउँदै अध्यक्ष सुवेदीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ“मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पटक पटक वृद्धि गर्ने तर घट्दा मूल्य नघटाउने नेपाल आयल निगमको कदमप्रति खेद प्रकट गर्दछौं ।” हाल भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशका अन्य तमाम् क्षेत्रको मूल्यमासमेत प्रभाव पारेको र नेपाली जनताको जनजीविका, शैक्षिक जगतसमेतमा प्रत्यक्ष प्रभाव गरी ढाड सेक्ने काम भइरहेको जनाईएको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ :
प्रेस विज्ञप्ती
हाम्रो गौरवशाली संगठन अनेरास्ववियु राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको अन्दोलनमा निर्णायक भुमिका निर्वाह गर्ने, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्घा, सामाजिक परिवर्तनका संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक क्रियाकलापको नेता संगठन हो । लोकतन्त्र र मानवअधिकार, सामाजिक न्याय, विद्यार्थी आन्दोलनको आस्था र भरोसाको केन्द्रबिन्दु सँगसँगै तमाम् विद्यार्थीहरुको हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहदै उज्जवल शैक्षिक भविष्य निर्माणका निम्ति समेत सदैव कृयाशिल रहेको संगठन हो ।
जनताको जनमतलाई बेवास्ता गर्दै पछिल्लो समय अदालतको परमादेशबाट गठित कठपुतलि सरकारले दैनिक मानविय अतिआवश्यक रहेका उपभोग्य वस्तुहरु तथा पेटोलियम पदार्थमा दिनानुदिन गरिरहेको मुल्य बृद्धिले जनताको जनजिविकामा ठूलो असर परेको छ । जनादेशलाई लत्याउदै परमादेशबाट बनेको सरकारले जनजिविकाका विषयलाई लत्याउदै मह∙ी तथा कालोबजारीलाई प्रोत्साहन सहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको प्रति अनेरास्ववियु महानगर कमिटी, भरतपुर महानगरपालिका घोर निन्दा एवम् भर्सना गर्दछ ।
परमादेशी गठबन्धन सरकारको निर्देशनमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनताको ढाड सेकाउने काम भएको छ । मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पटक पटक वृद्धि गर्ने तर घट्दा मूल्य नघटाउने नेपाल आयल निगमको कदमप्रति खेद प्रकट गर्दै हाल भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशका अन्य तमाम् क्षेत्रको मूल्यमासमेत प्रभाव पारेको र नेपाली जनताको जनजिविका, शैक्षिक जगतसमेतमा प्रत्यक्ष प्रभाव गरी ढाड सेक्ने काम भइरहेकोले जनविरोधि मुल्यवृद्धि तत्काल फिर्ता गर्न हामी जोडदार माग गर्दछौं ।
वर्तमान परमादेशबाट बनेको सरकारले गरेका एकपछि अर्को निर्णयले देश र जनता अभिभावक विहिन भएको महशुस भएको छ । जनताले रोजेको देशले खोजेको केपी ओली सरकारलाई अपदस्त गरेर लोकतन्त्रको मुलमर्म संवैधानिक सर्वोच्चता, कानुनी शासन, आवधिक निर्वाचन र नागरिक अभिमतलाई नकार्न खोज्नु यस सरकारका लागि ठूलो अभिशाप हो ।
लिम्पीयाधुरा, लिपुलेक, कालापानी लगाएतका नेपाली भुमिको संरक्षण तथा जनताले प्राप्त गरेका वर्तमान समयका उपलब्धिहरूको रक्षा गरी सामाजिक न्याय र समानतामा आधारित समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण गर्नुको साटो बर्तमान सरकार सार्वभौमसत्ता, स्वाधिनता र राष्ट्रियतामा भारतले अतिक्रमण गरी नेपाली भुभागमा सडक निर्माण गरिरहेदा पनि कानमा तेल हालेर सुतिरहेको र उक्त हस्तक्षेप प्रति मुकदर्शक बनि भारतिय नाङ्गो नाचलाई मौन समर्थन गरिरहेको प्रति अनेरास्ववियु महानगर कमिटी भरतपुर महानगरपालिका घोर विरोध गर्दछ ।
कोभिड १९ को विभिन्न भेरियन्टहरुबाट सिङ्गो मुलुक नै आक्रान्त बनेको अवस्थामा जनताको जीवन अत्यन्त कष्टकर बनिरहँदा सरकार जनताप्रति जवाफदेही हुनुको सट्टा पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिनुले सरकार देश र जनताप्रति उत्ततरदायी बन्न नसकेको प्रष्ट भएको छ । रोग र भोकबाट प्रताडित जनताप्रति जवाफदेही हुन सरकारलाई हार्दिक अपिल गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, आयल निगम र सम्बन्धित निकायसमक्ष हार्दिक अनुरोध गर्दछौं । अन्यथा, अनेरास्ववियूको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै प्रतिकार तथा सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।
हार्दिक अभिवादन सहित
सचेत सुवेदी अध्यक्ष अनेरास्ववियु भरतपुर महानगर कमिटी

सचेत सुवेदी
अध्यक्ष
अनेरास्ववियु भरतपुर महानगर कमिटी