सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परीक्षण नै नगरी पीसीआर रिपोर्ट दिने दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ


  •    न्युजभित्तो/१९ माघ २०७८, बुधबार १२:४५ 
  • काठमाडौं–१८ माघ। नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन्। भक्तपुरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन्।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषाकै छिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेको तेमाल गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका–७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा छन्। छिट्टाबाहेक अरु अस्पतालकै कर्मचारी रहेको प्रहरीले जनाएको छ।

    त्यसैगरी दुई जना फरार रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। फरार हुनेमा रौतहटको राजदेवी नगरपालिका–४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पतालकै पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी छन्।

    उनीहरुबाट पीसीआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिष्टरहरु, पीसीआर रिपोर्टहरु, रसिद र मोबाइल ५ थान बरामद भएको छ।

    उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको एसपी कोइरालाले बताए।

    मंगलबार हिान साढे १० बजेतिर नागरिक अस्पतालको कर्मचारी भएको परिचयपत्र बोक्ने छिट्टानलाई एयरपोर्ट अगाडिबाट ८ थान नक्कली पीसीआर रिपोर्टसहित महाशाखाले पक्राउ गरेको थियो। त्यसपछि उक्त अस्पतालका ल्याब म्यानेजर झालाई प्रहरीले पक्राउ गरेको थियो।

    कान्तिपुर अस्पतालको कर्मचारी नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट पक्राउ गरिएको महाशाखाले जानकारी दिएको छ।

    परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भनी उल्लेख गरिएका ४ थान पीसीआर रिपोर्टसहित ल्याबका कर्मचारी मैनालीलाई पक्राउ गरिएको हो।

    उनीहरुले व्यक्तिगथत सम्बन्धको आधारमा परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भएको रिपोर्ट दिने गरेको अनुसन्धानबाट खुलेको छ।

    अस्पतालले केही बिचौलियाहरुलाई अस्पतालका कर्मचारी हुन् भनेर देखाउनका लागि कर्मचारी परिचयपत्र समेत बनाएर सामूहिक ल्याब संकलनका लागि प्रयोग गर्ने गरेको पाइएको छ। यसरी प्रतिव्यक्ति १० हजारसम्म लिएर उनीहरुले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको खुलेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.