सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई


  •    न्युजभित्तो/१९ माघ २०७८, बुधबार ११:०५ 
  • काठमाडौँ, १९ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ ।

    तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गर्नुभएको हो । उक्त रकम नेकपा ९एकीकृत समाजवादी०का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ ।

    मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आउनुभएको छ । उहाँले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो ।

    यसैबीच मन्त्री श्रेष्ठले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले सम्पूर्ण नेपालीमा बन्धुत्व र एकताको भावना बढाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.