सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीन नम्बर प्रदेश सरकारको निजी क्षेत्रसँग अन्तक्र्रिया : लगानीकर्ता उत्साहित


  •    /८ बैशाख २०७६, आईतवार ०७:३९ 
  • तिलकराम रिमाल
    चितवन :
    नम्वर तीन प्रदेश सरकारले दुई दिनसम्म चितवनमा गरेको निजी क्षेत्रसँगको अन्तक्र्रिया कार्यक्रमबाट यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । प्रदेश सरकारले लगानीका क्षेत्र पहिचान गरी व्यवसायीहरुलाई लगानीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता गरेसँगै लगानीकर्ता उत्साहित भएका हुन् ।
    यस क्षेत्रको कृषि र पर्यटन क्षेत्रमा व्यवसायीहरु बढी उत्साहित देखिएका छन् । केही समय अघि नेपाल सरकारले गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका लगानीकर्ताहरुको लगानी तीन नम्बर प्रदेशमा केन्द्रीत हुने अपेक्षा गरिएको छ ।
    प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले निजी क्षेत्रसँगको अन्तक्र्रियाबाट तीन नम्बर प्रदेशमा लगानीको वातावरण सिर्जना भएको र लगानीकर्ता उत्साहित भएको बताउनुभयो । एनआरएनसँग आज आईतबार कृषि मन्त्रालयसँग सम्बन्धित परियोजनामा एमओयु हुने जानकारी उहाँले दिनुभयो । यस्तै पर्यटन क्षेत्रमा पनि लगानी गर्न व्यवसायीहरु उत्साहित देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तीन नम्बर प्रदेश लगानीको राम्रो ठाउँ हो भन्ने सन्देश गएको छ ।”
    प्रदेश सरकारले नीतिगत समस्या हटाउने, कर छुट दिने, उद्योगसम्मको पूर्वाधार तयार गरिदिने, उद्योग दर्ता प्रक्रिया सरल बनाउने, उद्योगलाई आवश्यक दक्ष जनशक्ति तयार गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन् ।
    पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले प्रदेश सरकारले गरेको प्रतिबद्धताले यस प्रदेशमा लगानी गर्न हुन्छ भन्ने सन्देश दिएको बताउनुभयो । प्रतिबद्धताहरु कार्यान्वयन हुन सकेमा यस प्रदेशमा धेरै लगानी भित्रिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सकारात्मक सन्देश गएको छ ।”
    प्रदेशको विकासका आधारशीला तय गर्ने गरी आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगलगायतका विषयमा छलफल भएको प्रदेश नम्वर तीनका मुख्यमन्त्रीका सल्लाहाकार जेएन थपलियाले जानकारी दिनुभयो । प्रदेश तीनमा अन्तर्राष्ट्रियस्तरका लगानीकर्ता समेत आउने वातावरण सिर्जना भएको उहाँले बताउनुभयो ।
    दुई दिनसम्म भएको अन्तक्र्रिया कार्यक्रममा पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवालगायतमा लगानीका सम्भावना बारे निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा निजी लगानीकर्ताले लगानीको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने धारणा राखेका थिए ।
    पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्ब रुपैयाँ आवश्यक हुने प्रक्षेपण प्रदेश आधारपत्रमा गरिएको छ । यस मध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट हुने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.