सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब एटिएमबाट प्रतिदिन ६० हजार मात्र झिक्न पाइने


  •    /१९ भाद्र २०७६, बिहीबार २०:५० 
  • काठमाडौँ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ ।

    नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।

    यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने निर्देशनमा उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाले जारी गर्ने र ग्रहण गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रतिकारोवार न्यूनतम रु पाँच हजारदेखि रु २० हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गरिएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले आज जारी गर्नुभएको निर्देशनमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.