सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै धमाधम व्यवसायिक भवन निर्माण, सरोकारवाला निकाय मौन


  •    न्युजभित्तो/१८ माघ २०७८, मंगलवार ११:५० 
  • चितवन, १८ माघ । पवित्र तीर्थस्थल देवघाटमा सरकारी सार्वजनिक जग्गा अतिक्रमण तीब्र रुपमा भएको । सार्वजनिक जग्गामा विभिन्न गुठी र मन्दिरका नाममा भवन बनाउने र व्यवसायिक रुपमा बिक्री समेत गर्ने गरेको गुनासो स्थानीयले गरेका हुन् ।

    सार्वजनिक जग्गाको अतिक्रमण बढेपछि “देवघाट सार्वजनिक सरकारी नदी तटीय जग्गा अतिक्रमण विरुद्ध संरक्षण अभियान, चितवन” का नामबाट देवघाट क्षेत्र विकास समितिमा उजुरी दर्ता गरिएको छ । उक्त उजुरीमा सरकारी सार्वजनिक जग्गा अनधिकृत रुपमा कब्जा गरी विभिन्न मठमन्दिरको नाममा भेटी चन्दा उठाई आश्रमको नाम दिई भवन बनाएर बिक्री गरेको उल्लेख छ । उजुरीपत्रमा भनिएको छ “मुकुन्दशरण सिग्देल नाम गरेका व्यक्तिले सार्वजनिक स्थलमा मन्दिरको नाममा भवन निर्माण गरी उक्त भवन सोही स्थानको सार्वजनिक जग्गामा बसोबास गर्ने जगन्नाथ पोख्रेल नाम गरेका व्यक्तिलाई रु. ४० लाखमा व्यवसायिक प्रयोजनका लागि बिक्री गरिएको छ ।”

    यसैगरी रत्न कँडेलले पनि सार्वजनिक जग्गा अतिक्रमण गरी दुई वटा घर निर्माण गरिरहेको उक्त उजुरीपत्रमा उल्लेख छ । यसरी सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गर्दा समेत सरोकारवाला निकाय मौन रहेको उजुरीमा उल्लेख छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले राज्यको सम्पत्ति संरक्षण गर्ने दायित्व विकास समितिको रहेको बताउँदै वास्तविकता बुझेर विधिसम्मत तरिकाले अघि बढ्ने बताउनुभयो । उहाँले समिति अझै पनि गठन आदेशको भरमा चलेको हुँदा ऐनको अभाव भने रहेको उहाँले बताउनुभयो ।

    समितिका अध्यक्ष बद्री अधिकारीले राज्यको सम्पत्ति व्यक्तिगत रुपमा कसैले प्रयोग गर्न र व्यापार व्यवसाय गर्न नपाउने बताउँदै छाविन प्रक्रिया अगाडि बढाउने बताउनुभयो । स्थानीय पालिका र वडाहरुसँग समन्वय गरेर सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण गरिने उहाँको भनाई छ ।

    भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष जयराम श्रेष्ठले आफूहरुले कसैलाई पनि घर बनाउन स्वीकृत नदिएको बताउनुभयो । उहाँले भन्नुभयो “घर बनाउन स्वीकृत दिएका छैनौं, कसैले बनाएको रोक्न पनि गएका छैनौं ।”

    देवघाट क्षेत्रको जग्गा रजिष्ट्रेशन पास नहुने बताउँदै उहाँले विगतदेखि कागजी र मौखिक रुपमा खरिद बिक्री हुँदै आएको बताउनुभयो । आफूसम्म आएका गुनासाहरु महानगरपालिकामा जानकारी गराएको उहाँको भनाई छ । सबै पक्ष मिलेर सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने उहाँको भनाई छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    • ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.