अनेमसंघ चितवनद्वारा प्रजिअ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र, निर्वाचनको मिति घोषणा गर्न माग
न्युजभित्तो/१७ माघ २०७८, सोमबार १७:३५
चितवन, १७ माघ । अखिल नेपाल महिला संघ (अनेमसंघ) चितवनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
आज संघका जिल्ला संयोजक सरस्वती बिष्टले प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापनपत्रमा संवैधानिक व्यवस्थालाई नजरअन्दाज गर्दै संविधान र कानुन विपरित स्थानीय निर्वाचन समयमा नगर्ने षड्यन्त्र भईरहेको जनाईएको छ । ज्ञापनपत्रमा अगाडि भनिएको छ “स्थानीय तहलाई जनप्रतिनिधिविहिन बनाउने कार्यलाई अस्वीकार गर्दै संविधानको पालना गर्न गराउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।”
जिल्ला संयोजक विष्टले निर्वाचन नगर्ने बदनियतले संविधानको धारा २२५ र स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बाँझिएको भन्ने भनाई भ्रमपूर्ण रहेको बताउनुभयो । उहाँले निर्वाचनबाट जनमत प्राप्त गर्न नसकिने डरले अप्राकृतिक गठबन्धनलाई कृत्रिम रुपमा लव्याउने चलखेल भईरहेको आरोप लगाउनुभयो ।
महिला तथा बालिकामाथि भएका बलात्कार लगायत अन्य यौनजन्य हिंसा अन्त्यका लागि तत्काल पीडकहरुलाई कारवाही गर्न संघले माग गरेको छ । बढ्दो महँगीका कारण दैनिक जीवनस्तर चलाउन गाह्रो भएकले अतिआवश्यक वस्तुहरुको मूल्य घटाउन ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।
अनेमसंघ चितवनका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य प्रभा बराल, केन्द्रीय सदस्यहरु शान्ती अधिकारी, हेमकला गैरे, शारदा कुमाल, शिवकुमारी गोतामे, सूर्यबदना हमाल, महादेवी खतिवडा, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुना श्रेष्ठ सहितका एमाले महिला नेतृहरुको सहभागितामा ज्ञापनपत्र बुझाइएको हो ।