सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दीपज्योति र अभिबृद्धि बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण


  •    /१९ भाद्र २०७६, बिहीबार १६:४५ 
  • भरतपुर । भरतपुरमा रहेका दुई सहकारी संस्थाबीच एकीकरण भएको छ । भरतपुर ११ मा रहेको दीपज्योति बचत तथा ऋण सहकारी संस्था र भरतपुर १० मा रहेका अभिबृद्धि बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको हो ।

    दुवै संस्थाले आज (बिहीबार) जारी गरेको संयुक्त विज्ञप्तिमा भदौ २१ गते शनिबार दुवै संस्थाको संयुक्त साधारणसभाबाट एकीकरणको घोषणा गरिने उल्लेख छ । त्यस लगत्तै असोज ५ गतेबाट दुवै संस्थाको संयुक्त कारोबार हुने विज्ञप्तिमा जनाईएको छ ।

    दीपज्योतिका अध्यक्ष भोला शिवाकोटी र अभिबृद्धिका अध्यक्ष तुल्सीराम आचार्यद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा संस्था एकीकरण गर्ने कार्यलाई निरन्तरता दिंदै चालु आर्थिक वर्षमा शेयर सदस्य संख्या पाँच हजार पु¥याउने जनाईएको छ ।

    घरायसी खर्च टार्नको लागि शुरु भएको दीपज्योति अहिले आएर मध्यमस्तरको उत्पादनमूलक कार्य, रोजगारीको सिर्जना, औद्योगिकरणको लागि प्रोत्साहन जस्ता वित्तिय कारोबारबाट समृद्ध समाज निर्माण गर्न सक्षम भएको अध्यक्ष शिवाकोटीले बताउनुभयो । पेशामा रहेर वा निवृत्त भएर पनि समाजप्रतिको दायित्व सम्झेर सेवा गर्ने चाहना भएका सञ्चालक सदस्यहरु, सामाजिक अगुवाहरुले यी संस्थाहरुको नेतृत्व गर्ने चाहना गर्नु यी संस्थाको शक्ति भएको भन्दै यस्तो शक्तिलाई एकीकृत संस्थामा संलग्न गराएर एउटा क्षेत्रमा धेरै साकोस, दोहोरो सदस्यता जस्ता अनावश्यक झन्झटलाई अन्त्य गर्नु एकीकरण अभियानको उद्देश्य रहेको उहाँको भनाई छ ।

    दीपज्योतिमा हालसम्म २ हजार २६७ जना र अभिबृद्धिमा ७२९ जना शेयर सदस्य रहेका छन् । दीपज्योतिको शेयर पूँजी तीन करोड ४३ लाख ६३ हजार, निक्षेप २७ करोड ७० लाख ८० हजार ५७४, ऋण प्रवाह २६ करोड ७१ लाख ६७ हजार २३४ रहेको छ । त्यसैगरी अभिबृद्धिको शेयर पूँजी १ करोड ३६ लाख २२ हजार, निक्षेप ४ करोड ८२ लाख ७८ हजार ८७६ र ऋण प्रवाह ५ करोड ६८ लाख ८८ हजार १०५ रहेको छ ।
    दुवै संस्था एकीकरणसँगै संस्थाको कार्यक्षेत्र भरतपुर महानगरपालिका वडा नं. १ देखि १२ सम्म र वडा नं. १५, १६ र २९ रहेको छ भने रत्ननगर नगरपालिका वडा नं. १ देखि १३ सम्म रहने छ । दुवै संस्थाको एकीकरण पश्चात् भरतपुर महानगरपालिका वडा नं. ११ दीपज्योति चोकमा मुख्य कार्यालयसँगै हाल अभिबृद्धि रहेको भरतपुर १० सिनर्जी रोड, गत वर्ष दीपज्योतिसँग एकीकरण भएको गौरवमय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय भएको ठाउँ भरतपुर ११ गोर्खाली टोल र रत्ननगरको भानुचोकमा सेवा केन्द्र मार्फत् सेवाप्रवाह हुने विज्ञप्तिमा जनाईएको छ ।

    बि.सं. २०७४ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र नेपाल सरकारको सहकारी विभागद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्राण्ड प्राप्त गरेको दीपज्योतिसँग गतवर्ष भरतपुर ११ कै गौरवमय सहकारी एकीकरण भएको थियो ।

    “पूर्ण व्यवसायिक, सक्षम तथा सुरक्षित वित्तिय सहकारी” भन्ने ध्येयका साथ अगाडि बढिरहेको दीपज्योतिले सहज, सुलभ ढंगबाट ऋण प्रवाह गरी धेरै सदस्यहरुलाईआफ्नो पेशा व्यवसाय मार्फत् आर्थिक उपार्जन गर्न सक्षम तुल्याएको दावी गरिएको छ ।

    सहकारीको जन्मभूमि चितवनमा बि.सं. २०५१ माघ ७ गते स्थापना भएको दीपज्योति २५ औं वर्षको यात्रा क्रममा छ भने अभिबृद्धि भरतपुर १० मा बि.सं. २०६९ सालमा स्थापना भएको थियो ।

    जिल्लामा सहकारीकर्मी उत्पादन गर्ने संस्थाका रुपमा दीपज्योतिलाई लिने गरिएको छ । सबल र सक्षम संस्थाको निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संस्थाको दिगो विकास र स्थायित्व प्रदान गर्न, सदस्यहरूलाई प्रदान गर्ने सेवामा गुणात्मकता तथा परिमाणत्मकतामा बृद्धि गर्न, एक व्यक्ति एक सहकारी सदस्यतालाई जोड दिन, सञ्चालन खर्चमा कटौती गरी उत्पादन क्षेत्रमा लगानी बढाउन, संस्थालाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायीकरण गर्न र सहकारी क्षेत्रमा देखिएका विकृतिहरूमा सुधार गर्न एकीकरण अभियानलाई तीब्रताका साथ अगाडि बढाईएको अध्यक्ष शिवाकोटीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.