सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी पब्लिक स्कुलले पायो आईएसए


  •    न्युजभित्तो/१४ माघ २०७८, शुक्रबार १३:३९ 
  • चितवन, १४ माघः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नारायणी इग्लिस पब्लिक स्कुलले ब्रिटिश काउन्सिल इन्टरनेश्नल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस बिद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो ।
    स्कुलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जनाएको हो । शिक्षा बिकास मानब श्रोत केन्द्रका प्रमुख चूडामणि पौडेल र ब्रिटिश काउन्सिलका दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले संयुक्त रुपमा नेपालका बिजेता स्कुलहरुको नाम घोषणा गर्नु भएको स्कुलका अध्यक्ष एबं प्रबनध निर्देशक राजेश्वर खनालले बताउनुभयो ।
    नेपालका ५३ वटा बिद्यालयले यस बर्ष आईएसए पाएको उहाँले बताउनुभयो । यसका लागि स्कुलले सातवटा परियोजना वनाएर पेश गरेको थियो । जुन परियोजना अन्तर्गत तीन वटा परियोजना छनोटमा परेका थिए । शैक्षिक गुणस्तरको अन्तराष्ट्रिय मापदण्ड अनुसार क्रियाकलाप गर्ने बिद्यालयहरुलाई यो पुरस्कार दिईने गरिन्छ ।
    आईएस्ए कार्यक्रमका संयोजक नविन बगालेका अनुसार स्कुलले अफगानिस्थानको बिद्यालय संग समन्वय गरेर अध्ययन गराईएको बताउनुभयो । यो पुरस्कार प्राप्त गरि सकेपछि बिद्यार्थीहरुले बेलाएतमा के कसरी पढाई भईरहेको छ भन्ने बिषयमा ज्ञान लिन पाउने छन् । इन्टरनेस्नल अवाड प्राप्त गरेसँगै विद्यार्थीहरुलाई पाठ्यक्रममा विश्वव्यापी बिसय बस्तु सम्मिलित गर्ने पद्धति प्रयोगरी पढाईने उहाँले जानकारी दिनुभयो । बेलायतका बिद्यायहरुसँग यस स्कुलले सहकार्य गर्ने अबसर प्राप्त गरेको बगालेले बताउनुभयो । यस स्कुलमा प्लस टू तर्फ बिज्ञान, कानून, कम्युटर साईन्स, होटल व्यवस्थापन लगाएतका बिषयमा अध्ययन गराई यस स्कुलमा अहिले १ हजार ७ सय वढि बिद्यार्थी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.