सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिमका पाँच जिल्लाको जनसंख्या घट्यो


  •    न्युजभित्तो/१३ माघ २०७८, बिहीबार १६:२४ 
  • डोटी,१३ माघ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणले सुदूरपश्चिम प्रदेशका पाँच पहाडी जिल्लाको जनसंख्या बृद्धिदर ऋणात्मक देखिएको छ ।

    भाद्र ३० देखि असोज १८ गतेसम्म पहिलो र कार्तिक २५ देखि मंसिर ९ सम्म दोश्रो चरणमा भएको भएको राष्ट्रिय जनगणना , २०७८ को प्रारम्भिकतथ्याङ्कअनुसार प्रदेशका सात पहाडी जिल्लामध्ये पाँच जिल्लामा वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक छ । अछाम जिल्लाको वार्षिक बृद्धिदर –१.०९ प्रतिशत छ । २०६८ को जनगणना अनुसार अछामको कूल जनसंख्या दुई लाख ५७ हजार ४७७ रहेकोमा यस वर्षको जनगणनाले जिल्लाको जनसंख्यादुई लाख २९ हजार एक सय १६ मात्रै देखाएको छ । यस हिसावले दशबर्षमाजिल्लाको जनसंख्या २७हजार ६ सय ६१ ले घटेको छ ।

     

    बझाङ्गको जनसंख्या बृद्धिदर पनि ऋणात्मक छ । यस जिल्लामा -०.३० प्रतिशत ऋणात्मक देखिन्छ । १० वर्षअघि जिल्लाको जनसंख्या एक लाख ९५ हजार १५९ रहेकोमा यस वर्ष घटेर एक लाख ८९ हजार ९७ रहेको छ ।

    १० वर्षको यो अवधिमा डोटीको जनसंख्या पनि घटेको छ । ०६८ को जनगणनामा डोटीको जनसंख्या दुई लाख ११ हजार ७४६ रहेकामा हाल दुई लाख पाँच हजार ६८३ मात्र छ ।

    तथ्याङ्कले बैतडी जिल्लाको जनसंख्या पनि घटेको देखाएको छ । बैतडीमा वार्षिक बृद्धिदर -०.२५ प्रतिशत ऋणात्मक छ । १० वर्षअघि दुई लाख ५० हजार ८९८ जनसंख्या रहेको बैतडीमा हालदुई लाख ४४ हजार चार सय मात्र कायम भएको छ ।

    पहाडी जिल्लाहरूको तुलनामा विकास, व्यापार र उत्पादनका हिसाबले राम्रो मानिने डडेल्धुरा जिल्लाको जनसंख्या बृद्धिदर -०.१८ प्रतशतले ऋणात्मक देखिन्छ । गत जनगणनामा एक लाख ४२ हजार ९४ रहेको मा पछिल्लो जनगणनाले एक लाख ३९ हजार चार सय २० मात्र देखाएको छ । १० वर्षमा यस जिल्लाको जनसंख्या दुई हजार ६७४ ले घटेको छ ।

    अन्यदुई पहाडी जिल्लाहरू बाजुरा र दार्चुलामाभने जनसंख्याथोरै बृद्धि भएको देखिन्छ । ०६८ को जनगणना अनुसार बाजुराको जनसंख्या एक लाख ३४ हजार ९१२ रहेकोमा हाल एक लाख ३८ हजार ९९८ पुगेको छ । यस जिल्लाको वार्षिक बृद्धिदर ०.२९ प्रतिशत रहेको छ ।

    यस्तै गत जनगणनामा दार्चुलामा एक लाख ३३ हजार २७४ जनसंख्या रहेकोमा हाल एक लाख ३५ हजार ५६ पुगेको छ । यस जिल्लाको वार्षिक बृद्धिदर ०.१३ प्रतिशत रहेको छ ।

    तराईका जिल्लाको जनसंख्यामा उल्लेख्य बृद्धि

    प्रदेशभित्र पर्ने तराईका दुई जिल्लाहरू कैलाली र कञ्चनपुरको जनसंख्या बृद्धिदर भने पहाडी जिल्लाको तुलनामा उल्लेख्य बृद्धि भएको तथ्याङ्कले देखाउँछ । राष्ट्रियस्तरको वार्षिक जनसंख्या बृद्धिदर ०.९३ प्रतिशत रहेकोमा कैलाली जिल्लाको वार्षिक बृद्धिदर १.५४ प्रतिशत छ । यस्तै कञ्चनपुरको वार्षिक बृद्धिदर १.३२ प्रतिशत रहेको छ ।

    ०६८ को जनगणना अनुसार कैलालीको जनसंख्या सातलाख ७५ हजार ७०९ रहेकोमा हाल नौ लाख ११ हजार १५५ पुगेको छ । यो संख्यागत जनगणनाको भन्दा एक लाख ३५ हजार ४४६ ले बढी हो ।

    यस्तै गत जनगणना अनुसार कञ्चनुरको जनसंख्या चार लाख ५१ हजार २४८ रहेकोमा हाल पाँच लाख १७ हजार ६४५ पुगेको छ । १० वर्षमा यस जिल्लाको जनसंख्यामा ६६ हजार ३९७ ले बृद्धि भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.