सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल र भारतबीच उडान संख्या थपिँदै


  •    न्युजभित्तो/१३ माघ २०७८, बिहीबार १५:४२ 
  • काठमाडौं,१३ माघ। नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एक/एक उडान काठमाडौं-दिल्ली-काठमाडौं र दिल्ली-काठमाडौं/दिल्ली रुटमा गरिरहेका छन् ।

    दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्‍याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्या थप हुन लागेको छ । नेपालले भारत सरकारलाई उडान संख्या थप गर्न पठाएको प्रस्तावमा भारत सरकारले यसैसाता सहमति दिएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार एयर बबल स्कीमका शर्त कायमै रही उडान संख्या थप गर्ने गरि भारत सरकारले अनुमति दिएको छ । यस्तो शर्त ३१ फेब्रुअरीसम्म कायम रहने छ ।

    भारतले ओमिक्रोनको फैलावटसँगै जनवरी २०२२ भर एयर बबल स्कीममा शुरुवातमा दिएका उडान अनुमति मात्र कायम राखी अन्य उडान अनुमति रोकेको थियो । सोही अनुसार दुबै मुलुकका ध्वजाबाहक कम्पनीले दैनिक एक/एक उडान गर्दै आएका छन् ।

    अब भने साविकमा अनुमति पाएका सरकारी वायुसेवा बाहेक निजी कम्पनीले समेत नेपाल र भारतमा उडान गर्न सक्ने भएका हुन् । भारतको निजी लगानीको भिस्तारा एयरले नेपालमा १६ फेब्रुअरी -४ फागुन)बाट दिल्ली-काठमाडौं-दिल्ली रुटमा उडान गर्ने गरि मिति नै तोकेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतबाट तीन वटा कम्पनीले उडानका लागि नेपालसँग अनुमति मागेका छन् । यसमा एयर इण्डिया, भिस्तारासहित इण्डिगो एयर रहेको छ । एयर इण्डिया र भिस्ताराले दैनिक एक/एक र इण्डिगो एयरले दैनिक दुई उडानको अनुमति मागेका छन् । यो भारतीय कम्पनीले नेपालमा पाउने अनुमति संख्या साताको २८ उडान बराबर हो ।

    नेपालबाट भारतमा नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । तोकिएको उडान संख्या भित्र अब नेपाल एयरलाइन्सले समेत उडान थप गर्न सक्ने छ । विगतमा नेपाल एयरलाइन्सले मुम्बई र बैलौंरमा उडान गरिरहेको थियो । ती गन्तब्यमा जान चाहेमा अब नेपाल एयरलाइन्सले सम्बन्धित विमानस्थलमा स्लट लिएर उडान गर्न सक्ने प्रवक्ता कर्णले जानकारी दिए ।

    एयर बबल स्कीम अनुसार एक अर्का मुलुकका नागरिकले तोकिएको कोभिड प्रोटोकलका प्रावधान पुरा गरि यात्रा गर्न सक्छन् । यी उडानमा तेस्रो मुलुकका पर्यटकलाई भने यात्राको अनुमति छैन । तर, कुटनीतिक नियोग र सम्बन्धित मुलुकले अनुमति दिएका तेस्रो मुलुकका नागरिकले भने यात्रा गर्न सक्छन् । ३१ फेब्रुअरीसम्म निजी कम्पनीले समेत यसै प्रावधान भित्र रहेर उडान गर्नुपर्नेछ । यसरी उडान संख्या थप हुँदा भाडा प्रतिस्पर्धी हुने र यसको फाइदा यात्रुलाई पुग्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.