चितवनको टाँडीमा विद्युतको हाईटेन्सन तार चुँडियो, एक घाईते, गाई र बाख्रा मरे
न्युजभित्तो/१३ माघ २०७८, बिहीबार १३:२७
रत्ननगर १३ माघ । घर नजिकैबाट लगिएको विद्युतको ११ हजार भोल्टको हाईटेन्सन लाईन चुँडिदा एक जना घाईते भएका छन् भने गोठमा रहेका गाई र बाख्रा मरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ शिवालय टोलका डिल्ली भुजेल घाईते हुनु भएको हो भने उहाँको गोठका गाई र बाख्रा मरेका हुन् ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी, र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाईते भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक प्रकाश साहका अनुसार भुजेल सामान्य घाईते हुनु भएको र उहाँको उपचारका लागि अस्पताल पठाईएको छ । थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नविन लाभका अनुसार विद्युत तारबाट पोलमा करेन्ट प्रवाह रोक्न प्रयोग हुने पिन इन्सुलेटरबाट तार चुडियर भुइँमा झर्दा विद्युत सट भएको हो । ओसिलो भुइँमा विद्युतीय तारले छुँदा नजिकै रहेको गोठमा करेन्ट लागेको उहाँले न्यूजभित्तोलाई जानकारी दिनुभयो । उक्त घरगोठ नजिकै माथिबाट हाईटेन्सन लाईन लगिएको छ । घटनापछि अहिले मर्मतको काम शुरु भएको लाभले बताउनुभयो ।
जिल्लाका धेरैजसो हाईटेन्सन लाईन मुनि पालिकाहरुको स्वीकृत बिना घर गोठ निर्माण गरिएको छ । यसरी निर्माण गरिएका घरगोठहरु सधैं जोखिममा रहने गर्दछन् । विद्युत चार चुँडिएर वा पोल पल्टिएर जुनसुकै बेला दुर्घटना हुन सक्ने देखिन्छ । तर सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन ।