सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रीय तथ्याँक विभागद्वारा जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिक


  •    न्युजभित्तो/१३ माघ २०७८, बिहीबार ११:२५ 
  • काठमाडौँ, १३ माघ। केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको जनसंख्या विवरण सार्वजनिक गरेको छ । ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    विवरणमा उल्लेख भए अनुसार मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

    त्यस्तै गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रुपन्देहीको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी छन् । सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङको नार्पा भूमी, मुस्ताङको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङिस्याङ र नासो गाउँपालिका रहेका छन् । यस्तै नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरूमा क्रमशः काठमाण्डौ, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज महानगरपालिका रहेका छन् । सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरूमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालीगुराँस र दोलखाको जिरी नगरपालिका रहेका छन् ।

    त्यस्तै विभागले भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक तथा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको उल्लेख गरेको छ ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.