सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ मा माओवादीका ८ जिल्ला संयोजक तोकिए, ६ वटामा विवाद


  •    न्युजभित्तो/१२ माघ २०७८, बुधबार १४:११ 
  • विराटनगर,१२ माघ। नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले प्रदेश-१ मा ८ जिल्ला संयोजक तोकेको छ। दोस्रो पूर्ण बैठकले १४ मध्ये ८ जिल्लाको संयोजक तोकेको हो । ६ जिल्लामा भने विवाद छ ।

    माओवादीको प्रदेश कमिटीको बैठकले खोटाङ, उदयपुर, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, संखुवासभा, पाँचथर, इलामको संयोजक तोकेको हो ।

    खोटाङ संयोजकको जिम्मेवारी दिपक पाण्डेले पाएका छन् । उदयपुरमा बिनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईले संयोजकको जिम्मेवारी पाएका छन् ।

    बाँकी ६ जिल्लामा केही दिन भित्र संयोजकको टुङ्गो लगाउने माओवादी केन्द्र प्रदेश १ उपाध्यक्ष शिवकुमार डागीले बताए । उनका अनुसार मोरङ, सुनसरी, झापा, धनकुटा, ताप्लेजुङ, ओखलढुंगामा संयोजक तोक्ने विषयमा सहमति जुटेको छैन ।

    ‘सम्बन्धित जिल्लाका प्रदेश सदस्यहरुले नाम फाइनल गरेर ल्याउनुहुनेछ,’ उनले भने,‘ उहाँहरुले नसके प्रदेश कमिटीले संयोजक तोक्ने छ ।’

    उनका अनुसार बैठकले प्रदेश कमिटीको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको विराटनगर-२ तीन पैनीमा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेको छ । बैठकले विराटनगरमा नै भवन बनाउने निर्णय गरेको उनले बताए ।

    बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई तोकेको छ। माओवादीले उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्भेक्षण कार्यदल बनाएको छ ।

    बैठकले चैतसम्म संगठनात्मक अभियान चलाउने निर्णय गरेको छ । बैठकले प्रदेश १ मा पार्टीको सदस्य संख्या १ लाख ५० हजार थप गर्नका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.