सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान


  •    न्युजभित्तो/१२ माघ २०७८, बुधबार १३:०१ 
  • कञ्चनपुर, १२ माघ । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।

    चितुवामाथि निगरानी राख्नका लागि दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताउनुभयो । “चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं”, उहाँले भन्नुभयो, “चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यस बारेमासमेत जानकारी हुन्छ, चितुवाको प्रजाती पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ ।”

    निकुञ्ज कार्यालयबाट अरु क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उहाँले बताउनुभयो । चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ ।

    गएराति मात्रै वडा नं १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पु¥याएको छ । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पु¥याएको क्षेत्रको अवलोकन समेत गरेका छन ।

    “चितुवाले भविष्यमा एक खालको दुर्घटना निम्त्याउने खतरा रहेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “नियन्त्रण गर्नु बाहेक अर्को विकल्प छैन, त्यसै कुरालाई मध्यनजर गरी स्थानीय बासिन्दालाई सचेत पार्ने कार्य गरेका छौं ।” प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधनस्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.