सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिके राउतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड, १८ सेल अश्रुग्यास प्रहार


  •    न्युजभित्तो/१२ माघ २०७८, बुधबार १२:१२ 
  • जनकपुर, १२ माघ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् ।

    जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

    राउतको पार्टीका नेता-कार्यकर्ताहरूले आज बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् । बिहान करिब सवा १० बजे राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्र जाने बाटोमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

    उक्त पार्टीका कार्यकर्ताहरूले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले मधेश विगत एक महिनादेखि आन्दोलित रहेपनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको हो ।

    प्रहरीले स्थिति नियन्त्रणमा लिन १८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशाशन कार्यालय धनुषा स्रोतले जानकारी दिएको हो । प्रदर्शनकारीहरू मतदान बिथोल्ने हिसाबले उक्त बाटोमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले अर्को बाटोमा जान अनुरोध गरेको थियो ।

    सो क्रमममा सामान्य झडप भएको थियो । प्रहरीले लाठीचार्ज पनि गरेको प्रदर्शनकारीहरूले बताएका छन् । अहिले स्थिति सामान्य भइ सकेपनि अर्को ठाउँमा उनीहरूले प्रदर्शन जारी राखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.