सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आवश्यक वस्तुका रुपमा दिईने भेटी अनावश्यक बन्दै, फ्रेम, चिनी, मिश्री र फलफूल व्यवस्थापन गर्न कठिन


  •    न्युजभित्तो/१२ माघ २०७८, बुधबार ०९:०८ 
  • नारायण अधिकारी
    चितवन, १२ माघ । आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो ।

    खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो । तेह्रौँ दिनको कर्मसम्म बाहिर देखाएर राखिए पनि त्यसपछि त्यसको व्यवस्थापन जटिल बन्ने गरेको भुक्तभोगी बताउँछन् । कतिपयले त फ्रेम नल्याउन अनुरोध गर्ने गरेका छन् ।

    पण्डित शेखर अर्याल समवेदनाको अर्थ लगाउँदै भन्नुहुन्छ, “सम भनेको बराबर र वेदना भनेको दुःख हो । यसको अर्थ तपाईँहरु बराबर दुःखी छु भन्ने हो ।” त्यही समवेदना प्रकट गर्न जाँदा किरीयापुत्रीले घरका सामग्री निकाल्न अप्ठ्यारो पर्ला भनेर घ्यू, चामल, चिनीजस्ता खाद्यान्न लगिने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला दिनमा फ्रेमसहित समवेदनापत्र लग्ने गरिन्छ ।

    पण्डित अर्याल गरुडु पुराणमा भेटीका रूपमा के आवश्यक छ, त्यही वस्तु लैजानुपर्ने उल्लेख भएको बताउनुहुन्छ । लगेका वस्तु उपयोगमा नआएर राम्रो व्यवस्थापन नभएमा लैजाने र लिने दुवै दोषी हुने पुराणलाई इङ्गित गर्दै अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा समर्पण गर्दा आवश्यक नभएको वस्तु लैजानु बेकार हो ।”

    सामाजिक अभियानकर्मी मीना खरेलको गत वर्ष आमाको देहावसान हुँदा १७७ फ्रेममा समवेदनापत्र प्राप्त भयो । ती फ्रेम १३औँ दिनपछि व्यवस्थापन गर्न जटिल बन्यो । घरको मन्दिरमा १०० वटा अटे भने बाँकी फ्रेम निकालेर पत्रमात्रै फाइलमा राख्नुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अपमान गर्न भएन, मेरो त मन्दिर थियो, नहुनेले कहाँ राख्ने रु ।” फ्रेमको सट्टामा समवेदनापत्र मात्रै लैजाँदा उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । केही थप दिन मन लागे कोषमा राखिदिँदा सदुपयोग हुने उहाँको भनाइ छ । पछिल्ला वर्षमा फ्रेम लैजाने प्रचलन बढेको उहाँ बताउनुहुन्छ । विसं २०६० मा बुवा बित्दा तीनवटा फ्रेम आएकामा अहिले निकै बढी फ्रेम आएको उहाँले जानकारी दिनुभयो ।

    डा हरिशचन्द्र न्यौपानेले गत साल आमाको स्वर्गारोहणको बेला समवेदना प्रकट गर्न आउनेलाई फ्रेम नल्याउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “१३औँ दिनपछि आमाको तस्वीरलाई बोरामा राख्दा आमाप्रतिको सम्मान पनि घट्ने र लैजानेहरूप्रति अपमान हुने भएकाले हामीले फ्रेम नल्याउन आग्रह ग¥यौँ ।” कतिपयले न्यौपानेले जस्तै गरी नल्याउन अनुरोध गर्ने गरेका छन् ।

    भेटिका रूपमा सङ्कलन हुने फलफूल कुहिएर खेर जाने गरेको पाइन्छ । न्यौपानेले आफ्नोमा सङ्कलन भएका खाद्यान्न मानव सेवासहितका विभिन्न आश्रममा पठाएर सदुपयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भेटीका रूपमा फ्रेमलगायतका सामग्री लैजाँदा पछि व्यवस्थापन गर्न जटिल हुन्छ ।” समवेदना प्रकट खाली हात गएर मौखिकरूपमा व्यक्त गरे हुने न्यौपानेको बुझाइ छ ।

    समवेदना व्यक्त गर्न आउनेहरुले भेटीका रूपमा ल्याउने चिनी, मिश्रीजस्ता वस्तु ठूलो मात्रामा सङ्कलन हुने गर्दछन् । त्यस्ता वस्तु सोही घरमा प्रयोग नभई आश्रममा दिने गरिन्छ । कतिपयले पसलमा बिक्रीसमेत गर्ने गर्दछन् । पण्डित अर्याल उपयोग नहुने वस्तु भेटीका रूपमा लैजानुभन्दा खाली हात गएर मौखिकरूपमा समवेदना व्यक्त गर्नु राम्रो हुने बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.