चितवन, ११ माघ । भरतपुरको गोन्द्राङमा निर्माणाधिन नालीको खोँचमा परेर गैंडा मरेको विषयमा सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले उक्त घटनाका दोषीलाई कारवाहीको माग गरेको हो ।
अभियानका संयोजक अपिल घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी लापरवाहीले गैंडाको मृत्यु गराउने निकायलाई तुरुन्ख्त कारवाहीको माग गर्नुभएको छ । उक्त घटनाले स्तब्ध बनाएको उल्लेख गर्दै विज्ञप्तिमा वन्यजन्तुको कोरिडोरमा पूर्वाधार निर्माण गर्दा चरम लापरवाही हुने गरेको जनाईएको छ । “पूर्व योजना र सोचको कमीले एउटा निर्दाेष प्राणीले ज्यान गुमाउन पुगेको छ । मानवीय असावधानीले वन्यजन्तुका क्षेत्रमा गम्भीर घटना हुने गरेका छन्” विज्ञप्तिमा भनिएको छ । मुख्य रुपमा राजमार्ग र सवारी सञ्चालन हुने सडकहरुमा अण्डर र ओभर पास निर्माण गर्नुपर्नेमा विज्ञप्तिमा जोड दिईएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ९ स्थित प्रहरी बिट अगाडि नाली निर्माण गर्न खनिएको खाल्डोमा परेको दुर्लभ एकसिंगे गैंडा मरेको थियो । उक्त घटनामा ठेकेदार कम्पनी, डिभिजन सडक कार्यालय र निकुञ्ज दोषी रहेको पशु अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् । उनीहरुले लापरवाहीपूर्ण तरिकाले वन्यजन्तु कोरिडोरमा सडक विस्तारको काम गरेको आरोप लगाएका छन् । संवेदनशील क्षेत्रमा निर्माणको कार्य भईरहँदा समयमा रोक्न नसक्ने निकुञ्ज घटनाको दोषी रहेको उनीहरुको आरोप छ ।