चितवनमा निर्माणधिन ढलमा खसेर भएको गैंडा मृत्युको घटनाबारे छानबिन गर्न कार्यदल गठन
न्युजभित्तो/११ माघ २०७८, मंगलवार १६:४०
चितवन ,११ माघ । निर्माणधिन पुल्चोक गोन्द्र्याङ ६ लेन सडकको खाडलमा खसेर भएको गैंडाको मृत्यु बारे वन तथा वातावरण मन्त्रालयले ध्यानाकर्षण गराएको छ। वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।
उक्त कार्यदललाई १० दिन भित्रमा घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले निर्देशन दिइएको हो ।
कार्यदलका सदस्यहरुमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।
भरतपुर महानगरपालिका ९ स्थित निर्माणाधिन पुलचोक गोन्द्र्याङ ६ लेन सडकको नालीको खाडलमा परेर आइतबार दिउँसो दुर्लभ एक सिङ्गे गैंडाको मृत्यु भएको थियो ।