सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग


  •    न्युजभित्तो/११ माघ २०७८, मंगलवार १५:१५ 
  • कास्की, ११ माघ । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं ९ख० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ ।

    प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६ र व्यक्तिगत रु पाँच लाख ८१ हजार ४३५ गरी कूल रु १३ लाख ६३ हजार ८०० गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई औषधि खरिद र बिरामीको उपचार सहायतामा खर्च गरेको जानकारीदिनुभयो ।

    नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता दवाडीले यसवर्ष विशेषगरी कोभिड नियन्त्रणका लागि गाउँका स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण र औषधि खरिद र सहयोगमा सुविधाको रकम खर्च भएको बताउनुभयो । कोरोनाका समयमा आफैँले औषधि किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका समयमा वृद्धवृद्धालाई आवश्यकपर्ने औषधि बोकेर घर–घरमा पुगेर वितरण गरेको उहाँले जानकारीदिनुभयो ।

    उहाँले भन्नुभयो,“नागरिकको स्वास्थ्यको ग्यारेण्टी सरकारको मुख्य दायित्व हो । यससँगै सांसद र सचेत नागरिकको पनि उत्तिकै भूमिका आवश्यक छ, भनेर सहयोग गरेको हुँ ।” प्रदेशसभा सदस्य दवाडीले विभिन्न बिरामीको उपचारका लागि अस्पतालमै पुगेरसमेत सहयोग गर्नुभएको थियो ।

    प्रदेशसभामा निर्वाचित भएलगत्तै सरकारी सुविधाबापतको रकम निर्वाचन क्षेत्रका जनताको हित र सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो । उहाँले हरेक वर्ष कार्यक्रम गरेर आफ्नो खर्च सार्वजनिक गर्दै आउनुभएको छ ।

    यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गर्नुभएको छ । कोरोना औषधि खरिद, विद्यालयमा शैक्षिक सामग्री खरिद, क्यान्सर रोगका बिरामीको उपचार, अक्षयकोष तथा छात्रवृत्ति, आमा समूह भवन, आमा समूहलाई फर्निचर खरिद, किसानको घर निर्माण लगायतमा न्यूनतम रु पाँच हजारदेखि अधिकतम रु तीन लाख २० हजार सहयोग गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा
    • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    • छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    • वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.