सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेडिकल कलेजविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन अपील


  •    न्युजभित्तो/११ माघ २०७८, मंगलवार १५:०१ 
  • काठमाडौं, ११ माघ । विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको चर्को शुल्कको विरुद्ध भइरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति विद्यार्थी संगठनले अपिल गरेका छन् ।

    नोबेल मेडिकल र काठमाडौं मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा चलिरहेको आन्दोलनमा विद्यार्थी संगठनहरुले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाज लगायतलाई सहभागिता र ऐक्यबद्धताको लागि अपिल गरेका हुन् ।

    मंगलबार सबैलाई आन्दोलनमा एकवद्धता जनाउन आग्रह गर्दै नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल, विप्लव बिध्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

    संगठनलले कलेज प्रशासनको दुर्ब्यबहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । लामो समयसम्म विद्यार्थीको मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर केएमसी प्रशासनमा दुई दिन अघि ताला समेत लगाएको छ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.