सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालश्रम प्रयोग घट्दो क्रममा


  •    न्युजभित्तो/११ माघ २०७८, मंगलवार १४:५५ 
  • कास्की, ११ माघ । गलैंचा र गार्मेन्ट उद्योगमा हालै गरिएको एक अनुसन्धानले बालश्रमको अवस्था घट्दो क्रममा देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम र केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा नेपाल कमर्स क्याम्पसका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीले गरेको अनुसन्धानले १८ वर्ष मुनीका बालबालिकाको प्रयोग गलैंचा उद्योगमा ६.६६ प्रतिशत र गार्मेन्ट उद्योगमा १.६३ प्रतिशतले घटाएको देखाएको हो ।

    सन् १९९३ मा ५० प्रतिशत बालश्रम प्रयोग रहेको गलैंचा उद्योगमा २०२१ सम्म आइपुग्दा १८ वर्ष मुनीका बालश्रमिकको सङ्ख्या घटेर ६.६६ प्रतिशत पुगेको अनुसन्धानदाता भण्डारीले जानकारी दिए । भण्डारीले २० जिल्लाका २९० गलैंचा र १८३ गार्मेन्ट उद्योगमा यो अनुसन्धान गरिएको जानकारी दिए । सामाजिक सचेतना, शिक्षाको व्यापकता आदिका कारण वर्षेनी बालश्रम घट्दो अवस्थामा पुगेको उनको ठम्याइ छ ।

    उद्योगको उत्पादन क्षेत्रमा काम गर्ने आठ हजार ४८३ श्रमिकको लिङ्ग, उमेर, क्षेत्र, आम्दानी, शिक्षा, सामाजिक सुरक्षा आदि विषयमा अनुसन्धान गरिएको भण्डारीले जानकारी दिए ।ती उद्योगमा ४.७५ प्रतिशत भारतीय, ०.०२ प्रतिशत अन्य र बाँकी नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । नेपाली श्रमिक मध्येमा तामाङ, मगर, गुरुङ र शेर्पा समुदायका श्रमिकको बाहुल्यता रहेको अनुसन्धानले देखाएको छ ।

    अनुसन्धानबाट श्रमिकमध्येमा २० वर्षदेखि ४९ वर्षकाको सङ्ख्या ८० प्रतिशत र औसत कार्य ५२ घन्टा प्रतिहप्ता पाइएको बताउँदै उनले यो नेपालको श्रम कानुन भन्दा केही बढी देखिएको जानकारी दिए । नेपालको कानुनले प्रतिहप्ता औसत कार्य ४८ घण्टा तोकेको छ । गलैंचा उद्योगमा काम गर्ने पुरुषको मासिक आम्दानी रु. १५ हजार ९२३ र गार्मेन्ट उद्योगमा काम गर्नेको रु.१७ हजार ६३२ रहेको उनले जानकारी दिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.