सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चोरी–तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी


  •    न्युजभित्तो/११ माघ २०७८, मंगलवार १२:२९ 
  • भजनी, ११ माघ: खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले सीमानाकामा आवागमन सहज भएसँगै चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको हो ।

    भन्सार कार्यालय सत्तीका प्रमुख विमलकुमार शाहले खुला सीमाका कारण आवागमनमा सहज हुन थालेपछि चोरी–तस्करीबाट सामानको आयात हुन थालेपछि राजस्व सङ्कलनमा कमी आएको बताए । “साउन, भदौतिर मोहोना नदीबाट सहजरूपमा आवतजावत हुँदैन । त्यस समयमा भन्सारबाट सामान भित्रिने भएका कारण चोरी–तस्करी कम हुन्छ र राजस्वमा वृद्धि भएको देखिन्छ”, कार्यालय प्रमुख शाहले भने, “अहिले नदीबाट सहज आवतजावत हुनु र सीमा पूर्णरूपमा खुला भएकै कारण पनि राजस्व सङ्कलनमा निकै कमी आएको छ ।” उनले सीमानाकामा रहेको सशस्त्र प्रहरीको निगरानी कम भएका कारणले पनि चोरी–तस्करीका घटना बढ्दै गएको बताउँदै प्रहरीको काम नै चोरी–तस्करी कम गर्ने भए पनि त्यसमा प्रहरीको चासो कम भएको बताए ।

    सत्ती भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले पुसमा रु एक करोड ७७ लाख ६६ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य रहेकामा रु ६९ लाख ५४ हजार ४१५ मात्रै सङ्कलन भएको छ । भन्सार कार्यालयले असोजदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन । असोजामा रु एक करोड ६५ लाख ५० हजार, कात्तिकमा रु एक करोड ७३ लाख ७६ हजार र मङ्सिरमा रु एक करोड ७६ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेकामा असोजमा रु एक करोड २० लाख ८३ हजार १२, कात्तिकमा रु एक करोड नौ लाख पाँच हजार ४४७ र मङ्सिरमा रु एक करोड १० लाख ९६ हजार १९४ राजस्व सङ्कलन गरेको छ । प्रतिशतमा पनि असोजमा ७३, कात्तिकमा ६२ दशमलव ७६, मङ्सिरमा ६४ र पुसमा ३९ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको छ ।

    चालु आवको साउन र भदौमा भने भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख शाहले बताए । उनका अनुसार साउनमा रु एक करोड ७२ लाख २० हजार ८८५ र भदौमा रु एक करोड ९० लाख नौ हजार ७३४ राजस्व सङ्कलन भएको थियो । साउन र भदौमा रु एक करोड २२ लाख ५४ हजार र एक करोड ६५ लाख ९७ हजार राजस्व सङ्कलनको लक्ष्य थियो । रु २० करोड ५८ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले छ महिनाको अवधिमा रु सात करोड ७२ लाख ६९ हजार ६८७ मात्रै सङ्कलन गरेको कार्यालय प्रमुख शाहले बताए ।

    उनले वार्षिक लक्ष्य भेट्टाउन मुस्किल देखिएको बताउँदै बजारमा देखिएको आर्थिक मन्दीका कारणले पनि पुसमा सामान आयात कम भएको बताए । “एकातिर आर्थिक मन्दीको असर पनि प¥यो । अर्कातिर सीमानाका खुला हुँदा दैनिक उपभोग्य सामानको लागि भारतीय बजार जानेका कारण नेपाली बजारमा कारोबार कम भएकाले पनि भन्सारको राजस्वमा असर परेको देखिन्छ, सीमानाकामा कडाइ हुनसक्यो र आयात हुने सामान भन्सार भएर आउने वातावरण बन्यो भने वार्षिक लक्ष्य भेट्टाउन त्यत्ति गाह्रो छैन ।”

    गत आवमा सीमानाकामा भएको कडाइका कारण भन्सारले लक्ष्यभन्दा ११ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो । रु १४ करोड २३ लाख ४८ हजार लक्ष्य रहेकामा भन्सारले रु १५ करोड ८३ लाख सात हजार ९७३ राजस्व सङ्कलन गरेको थियो ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.