सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगामी ३ दिन वर्षासँगै हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह


  •    न्युजभित्तो/११ माघ २०७८, मंगलवार १२:०१ 
  • काठमाडौं, ११ माघ । हाल देशभर पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विभागको अनुसार दिनभर आँशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । त्यस्तै, देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

    यसैगरी, राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

    भोलि माघ १२ गते दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। विभागको अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    त्यस्तै,भोलि राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

    यसैगरी, माघ १३ गते (विहीबार) दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ। विभागको अनुसार देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

    यसैगरी, बिहीबार राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

    देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना हुने भएकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सात वर्षीय बालकले राखे कीर्तिमान
    लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
    अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन
    • पानी छ, किसानको चैतेधान खेतीतर्फ छैन आकर्षण
    • सुरक्षित गर्भपतन सेवा असुरक्षित: रोकिएन अकालमा आमाहरुको मृत्यु
    • ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
    • दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.