सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी ईलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएकोमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण


  •    न्युजभित्तो/९ माघ २०७८, आईतवार १९:०२ 
  • भरतपुर, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटीले इलाका प्रशासन कार्यालय माडीको सेवा अवरुद्ध भएको विषयमामा आज आइतबार प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको ध्यानकर्षण गराएको छ । इलाका प्रशासन कार्यालय माडीमा प्रमुख नहुँदा नागरिकता बनाउने कार्यदेखि मतदाता नामावली संकलनसमेत प्रभावित भएको जनाउँदै तत्काल कार्यालय प्रमुख पठाउन ध्यानाकर्षण गराईएको हो ।

    नगर कमिटी अध्यक्ष नारायणप्रसाद अधिकारी र सचिव श्रीप्रसाद दवाडीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा इलाका प्रशासन कार्यालय माडीमा कार्यालय प्रमुख नहुँदा नागरिकको नैसर्गिक अधिकार र सुरक्षाका विषयमा पनि समस्या उत्पन्न भएको जनाइएको छ । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले कार्यालय प्रमुख नहुँदा माडीवासीलाई परेको समस्याका बारेमा जानकारी भएको जनाउँदै तत्काल अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि हरेक हप्ता शुक्रबार जिल्लाबाटै गएर सेवा सञ्चालन गर्ने बताउनुभयो । उहाँले दिर्घकालिन समस्या समाधानको लागि छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    माडीमा नागरिकताको लागि फाइल सङ्कलन गर्ने र हरेक शुक्रबार नागरिकता वितरण गर्ने सहमति भएको छ । हाल कोभिडको कारण जनशक्ति अभाव भएकोले माघ १५ गतेपछि काम शुरू हुने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो । नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीमा, माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा एमाले भरतपुर महानगरका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, क्षेत्रीय अध्यक्ष श्यामकुमार बिष्ट, नगर सचिव श्रीप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.