सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठेकेदारको लापरवाही देखियो, कानुनी प्रक्रिया अगाडि बढाउँछौं : निकुञ्ज


  •    न्युजभित्तो/९ माघ २०७८, आईतवार १८:४१ 
  • तिलकराम रिमाल
    चितवन, ९ माघ । नालीको खोँचमा परेर गैंडा मरेको घटनालाई निकुञ्जले ठेकेदारको लापरवाही भनेको छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले ठेकेदारको लापरवाही देखिएको बताउनु भएको हो ।

    उहाँले सबै प्रक्रिया पूरा गरेर कानुनी प्रक्रिया अगाडि बढाउने बताउनुभयो । तिवारीले भन्नुभयो “घटनास्थलको मुचुल्का बनाएका छौं, मृत गैंडाको खाग खुर कार्यालयमा लैजान्छौं, त्यसपछि बाँकी कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।”

    ठेकेदार कम्पनीको लापरवाही देखिएन ? भन्ने प्रश्नमा उहाँले अगाडि भन्नुभयो “लापरवाही देखियो नि । वन्यजन्तु ओहोर दोहोर गर्ने क्षेत्र हो । यस्तो क्षेत्रमा निर्माण कार्य गर्दा वन्यजन्तु मैत्री हुनु पर्छ । कुनै पनि घटना नहुने किसिमबाट निर्माण कार्य गर्नुपर्छ ।” खाल्टो खनिसकेपछि समयमै पुर्नु पर्ने बताउँदै तिवारीले भन्नुभयो “यस्तो क्षेत्रमा काम गर्दा पूर्व तयारी गरेर कुनै घटना नहुने गरी गर्नुपर्ने हुन्छ । सबैले हेर्दा खेरी लापरवाही गरेको देखिन्छ ।” उहाँले नियमानुसार कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निर्माण कम्पनीलाई बोलाएर किन यस्तो गरियो भन्ने बारे सोधपुछ गरिने बताउनुभयो । उहाँले घटना मुचुल्का हेरेर र आयोजना प्रमुखसँग सोधपुछपछि थप कानुनी प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

    यस अघि पनि निकुञ्जले विभिन्न समयमा निर्माण कार्य भईरहेको समयमा गैंडा मरेको घटनामा दोषीलाई कारवाही गरेको थियो ।

    भरतपुर महानगरपालिका वडा नं. ९ स्थित गोन्द्राङको प्रहरी बिट अगाडि सडक विस्तारको क्रममा खनिएको नाली र जमिनको बीचको खाडलमा आज एउटा दुर्लभ एक सिंगे गैंडा मरेको थियो । गोन्द्राङस्थित जंगलबाट पूर्व–पश्चिम राजमार्ग पार गर्ने क्रममा गैंडा खोँचमा परेर मरेको हो । हाल नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक ६ लेन विस्तारको कार्य भईरहेको छ । ठेकेदार कम्पनीले नाली निर्माण गरेपनि नाली निर्माण गर्ने क्रममा खनेको खाडल पुरेको छैन । नालीको दायाबाया ठूला ठूला खाडल रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
    राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास
    • ‘खोज र खोप’ अभियान
    • ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस्ः कांग्रेस महामन्त्री पौडेल
    • संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय
    • भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.