सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव


  •    न्युजभित्तो/९ माघ २०७८, आईतवार १६:३४ 
  • जुम्ला,९ माघ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव भएकाे छ। अनुगमनका क्रममा सिटामोल र डिकोल्ड नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले रिजालले बताइन्।

    प्रतिष्ठानले निःशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भए पनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड अभाव छ। फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभए पनि खरिद गरिएको औषधि चाँडै आउने प्रतिष्ठानले जानकारी दिएको सहायक प्रजिअ रिजालले बताइन्।

    त्यहाँका प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयका स्टोर अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसैबीच जुम्ला जुम्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित औषधि पसलमा सिटामोल अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको छ। देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ।

    जिल्लामा पनि सिटामोल अभाव भएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले त्यहाँका मेडिकल तथा फार्मेसीमा अनुगमन गर्दा २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रजिअ रिजालले बताए।

    जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार ५०० ट्याब्लेट मौज्दात छ। स्टोर प्रमुख हरि बुढाले भने, “१५ हजार ट्याब्लेट त्यहाँका आठवटै स्थानीय तहमा पठाएका छौँ।” जुम्लामा खासै सिटामोल अभाव नहुने स्टोर प्रमुख बुढाले बताए। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.