माडी नगरपालिकाको कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द
न्युजभित्तो/९ माघ २०७८, आईतवार १३:५७
चितवन,९ माघ । कर्मचारीहरुमा कोरोना संक्रमण फैलिएसंगै माडी नगरपालिकाको कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ ।
माडी नगरपालिकाको कार्यालयभित्र कार्यरत कतिपय कर्मचारीहरुमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण पुष्टी भएको सन्दर्भमा आज माघ ९ देखि आउँदो माघ १४ गते शुक्रबारसम्म एक साताका लागि नगरपालिकाको आधारभूत सेवा प्रवाह बन्द भएको हो ।
नगर कार्यपालिकाबाट दिइने सेवाहरु बन्द भएपनि दैनिक जीवनका लागि अत्यावश्यक जनस्वास्थ्य लगायतका सेवा तथा विकास निर्माणका कार्यक्रमहरु भने नियमित रुपमा जनस्वास्थ्य मापदण्ड अपनाई सुचारु भइरहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज खनालले जनाउनुभयो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट देशभर तीव्र संक्रमण बढ्ने क्रममा विगत एक हप्ता देखि माडी नगरपालिकाका विभिन्न क्षेत्रमा पनि संक्रमण बढ्दै गईरहेको अवस्था छ ।