सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा शोक विदा, आज देशभरका अदालत बन्द


  •    न्युजभित्तो/९ माघ २०७८, आईतवार ११:५१ 
  •  काठमाडौँ, ९ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ ।

    सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक बिदा दिने भएकाले आज बन्द हुने भएको हो ।
    पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भई अदालतको न्यायाधीश भएर काम गदै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो । स्व. शर्माको एक छोरा एक छोरी हुनुहुन्छ ।

    सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शर्माको निधनप्रति दुःख व्यक्त गरी चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.