सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम चितवन पत्रकार मञ्चको प्रथम बैठकः विधान मस्यौदा सहित सात उपसमिति गठन


  •    न्युजभित्तो/८ माघ २०७८, शनिबार २१:१० 
  • पटिहानी, ८ माघ । पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले पदाधिकारी सहितको विधान मस्यौदा समिति, सचिवालय र ७ वटा उपसमिति गठन गरेको हो ।

    बैठकले अध्यक्ष अपिल घिमिरे, उपाध्यक्ष अनिल भट्टराई र दीपा गौतम, सचिव हेमराज रिमाल, कोषाध्यक्ष रबिन सुवेदी, सहसचिव विवेक पोख्रेल र विनिता श्रेष्ठ रहने गरी विधान मस्यौदा समिति गठन गरेको छ । बैठकले सचिवालयको समुहमा भने पदाधिकारी सहित सदस्य सविता अधिकारी र रामशरण गैरेलाई थप गरेको छ ।

     

    यस्तै बैठकले क्षमता विकास तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा उपाध्यक्ष अनिल भट्टराई, महिला शसक्तिकरण उपसमितिमा महिला उपाध्यक्ष दीपा गौतम, आर्थिक उपसमिति संयोजकमा कोषाध्यक्ष रबिन सुवेदी, आईटी उपसमितिमा सहसचिव विवेक पोख्रेल, प्रतिवेदन लेखन उपसमिति संयोजकमा सदस्य रामशण गैरे, समन्वय उपसमिति संयोजकमा सदस्य हिरालाल आचार्यलाई चयन गरेको छ ।

    बैठकमा मञ्चका अध्यक्ष घिमिरेले प्रस्ताव गरेको कार्ययोजनामा विधान तयार गरी २० माघ भित्र दर्ता प्रक्रिया सम्पन्न गर्ने बताईएको छ । यस्तै पत्रकारको क्षमता विकासको लागि प्रशिक्षण कार्यक्रम गर्ने, कोरोनाका विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने, अक्षयकोष स्थापना गर्ने, पश्चिम चितवनको जनप्रतिनिधि, पर्यटन समिति लगायतका विभिन्न क्षेत्रमा अन्तक्रिया गर्ने जनाईएको छ ।

    पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा

    पश्चिम चितवनको पर्यापर्यटनमा मञ्चले टेवा पु¥याउनेमा स्थानीय संघ संस्थाहरु आशावादी भएका छन् । पश्चिम चितवन पत्रकार मञ्चको बैठक अघि पटिहानीका विभिन संघ संस्थाहरुले संयुक्त रुपमा पत्रकारहरुलाई अतिथ्यता गराउँदै स्वागत तथा अन्तक्रिया कार्यक्रममा उनीहरुले यो अपेक्षा व्यक्त गरेका हुन् ।
    भरतपुर महानगरपालिका वडा नम्बर २२ का कार्यवाहक वाड अध्यक्ष सोमबहादुर गुरुङले पर्यटन विकासमा वडा कार्यालय सक्रिय रुपमा लागेको अवस्थामा पश्चिम चितवन पत्रकार मञ्चले प्रचारप्रसार मार्फत आफुहरुलाई सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भयो ।

    पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महत्तोले इतिहासलाई जोडेर यस क्षेत्रको पर्यापर्यटनको प्रबद्र्धन गर्न पत्रकारहरुसँग अनुरोध गर्नुभयो । पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाले पश्चिम चितवनको पर्यटनमा आशा संगै निराशा पनि रहेको भन्दै निकुञ्ज ऐन पर्यटन मैत्री बनाउन मञ्चमा अवद्ध पत्रकारहरुले आवज उठाउने अपेक्षा व्यक्त गर्नु भयो ।
    मञ्चका अध्यक्ष घिमिरेले पत्रकारहरुको पेशागत हकहित सँगै पश्चिम चितवनको विकास निर्माण र पर्यटकीय क्षेत्रको प्रचारमा मञ्चले भूमिका खेल्ने विश्वास दिलाउनुभयो ।

    भरतपुर महानगर पालिका वडा नम्बर २२ को कार्यालय, पटिहानी मध्यवर्ती उपभोक्ता समिति, पटिहानी पर्यटन विकास समिति, वेलशाहर मध्यवत्ती सामुदायिक वन उपभोक्ता समूह, वीरेन्द्रनगर मध्यवत्र्ती सामुदायिक वन उपभोक्ता समूह र पटिहानी पर्यटन होटल एशोशियसनले संयुक्त रुपमा पत्रकारहरुलाई स्वागत गर्दै अन्तक्रिया कार्यक्रम गरेका थिए । बैठक संगै स्थानीय सामुदायिक वन, अम्रेला स्ट्रिट, छितामाई लगायतका ठाउँको अवलोक भ्रमण समेत भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.