सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जडान नहुँदै भत्कियो कणाली नदीको बेलिब्रिज


  •    न्युजभित्तो/८ माघ २०७८, शनिबार १३:४४ 
  • खड्क सुनार,

    मुगु,८ माघ । हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रवार राति भत्केको हो ।

    छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंगशाहीले गएको वर्षको चैत महिनाको ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बेलिब्रिज भत्किदा निर्माण कार्य अझै पछि धकेलिएको छ ।

    बेलिब्रिज भत्किदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधी बखत बहादुर मल्लले बताए । वेलिव्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँँग सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।

    भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने मल्लको भनाई छ । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्केको बेलिब्रिज लाई ठड्याउन २ वटा मेसिन लगाईएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

    नगरपालिका लाई हस्तानतरण गर्ने अवस्थामा रहेको पुल एक्कासी भत्किदा हस्तान्तरण गर्न ढिलाई हुने उनले बताए । ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो वेलिव्रिजको लम्वाई ५५ मिटर छ ।

    ग्रामिण पहुचकार्यक्रम (¥याप ३) ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्लाजिल्लाको चंखेली गाँउपालिका देउली सम्म जनताको सहभागीतामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुलनहुदा यो सडक संचालनमा समस्या हुँदै आएको थियो ।

    मुगु कणालीमाथि वेलिव्रिज निर्माण भएमा केही बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ ,अदानचुली , खार्पुनाथ , सिमीकोट गाँउपालिकाका स्थानीय सम्म समयमै सडक पुग्ने अवस्था थियो, तर जडान कार्यमै पुल भत्किदा अलि लामो समय लाग्ने बताईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.