सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाका कारण कैलाली जिल्ला प्रशासनको सेवा स्थगित


  •    न्युजभित्तो/८ माघ २०७८, शनिबार १२:४२ 
  • सुदूरपश्चिम, ८ माघ । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ । कार्यालयद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र सेवाग्राहीको अत्यधिक भीड हुँदा सङ्क्रमण झन बढ्ने भएकाले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरिएको बताइएको छ ।

    अत्यावश्यक सेवा लिन आउनेले पनि तोकिएका स्वास्थ्य सुरक्षालगायत मादण्ड पूर्ण पालना गर्नुपर्नेसमेत सूचनामा जनाइएको छ । दिपायलस्थित स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गएको हप्तामा प्रदेशमा नमूना परीक्षण गरिएका १२ हजार ३१६ जनामध्ये झण्डै २४ प्रतिशत अर्थात् दुई हजार ९३४ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कोरोना फैलिएयता हालसम्म प्रदेशमा चार लाख ६१ हजार ३२८ व्यक्तिको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै १८ प्रतिशत हो । हालसम्म ५३ हजार ११४ जना सङ्क्रमित भएका छन् ।

    प्रदेशको पहाडी जिल्लाको तुलनामा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर यो रोगको सङ्क्रमणबाट बढी सताइएका भएका छन् । दोस्रो लहरको कोरोनाको सङ्क्रमणका बेला गत वैशाख र जेठ महिनामा यो रोगको सङ्क्रमणदर र मृत्युदर उच्च थियो । असार महिना सुरु भएसँगै केही घटेको थियो । तेस्रो लहरको कारोना सङ्क्रमणसँगै गएको पुस अन्तिम सातादेखि एकाएक कोरोना सङ्क्रमण उकालो लागेको हो ।तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले यो रोगको सङ्क्रमण बढ्नसक्ने देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो । रोग रोकथामका लागि निषेधाज्ञा जारी गरिए पनि सर्वसाधारणको चहलपहल नरोकिँदा रोगको थप जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ थियो ।सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावीरुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालनामा कमी कमजोरी देखिएको उनीहरूको गुनासो थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.