सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माघ ९ गतेदेखि काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द


  •    न्युजभित्तो/७ माघ २०७८, शुक्रबार १७:११ 
  • काभ्रेपलाञ्चोक,७ माघ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।

    शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।

    सङ्क्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, सङ्घसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।

    जनप्रतिनिधि तथा कर्मचारी सङ्क्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् ।

    नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले आजदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जनाएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना सङ्क्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् ।

    यस्तै रोशी गाउँपालिकाले आफ्ना कर्मचारी कोरोना सङ्क्रमित भएपछि विहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जनाइएको छ ।

    चौँरीदेउराली गाउँपालिकाले बुधबारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना सङ्क्रमित रहेका छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ सङ्क्रमित छन् ।

    यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना सङ्क्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा सङ्क्रमण देखिएको थियो । जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ सङ्क्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय सङ्क्रमित रहेका छन् ।

    तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक सङ्क्रमितको मृत्यु भएको हो । हालसम्मका कूल सङ्क्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ सङ्क्रमणमुक्त भएका हुन् ।

    हेर्नुस् विज्ञप्ति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.