सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड विशेष अस्पताल सञ्चालन


  •    न्युजभित्तो/७ माघ २०७८, शुक्रबार ११:२८ 
  • जनकपुर,७ माघ  । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो ।

    यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उपकुलपति प्रा डा साहले बताउनुभयो । सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा हाल दुई कोभिड सङ्क्रमितको उपचार भइरहेको र उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

    कोभिड विशेष अस्पतालका अधिकांश शय्या अहिले खाली रहेकाले दैनिक तीन–चार जना अन्य रोगका बिरामीलाई समेत राखेर उपचार गरिरहेको उपकुलपति डा साहले बताउनुभयो । विशेष अस्पतालको गत बुधवार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतले निरीक्षण गर्नुभएको थियो । प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

    यस्तै तीव्रगतिमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.