सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार १५:१७ 
  • लमजुङ, ६ माघ । लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

    कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सबै कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जे कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका कार्यालयसहित नगरको सबै वडा बन्द हुनेछ । स्वास्थ्य र सरसफाइलगायतका सेवा भने निरन्तर चलिरहन्छ ।”

    यसरी सेवा बन्द गर्दा सेवाग्राहीको भीड नहुने र सङ्क्रमण फैलिन नपाउने भएकाले सेवा बन्द गर्नुपर्ने बाध्यता आइपरेको उहाँको भनाइ छ । जिल्लामा हालसम्म १३० जना कोरोना भाइरस सङ्क्रमित छन् । तेस्रो लहर सुरु भएयता गत मङ्गलबार जिल्लाका मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.