सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार ११:२६ 
  • कावासोती, ६ माघ । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

    अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै आजदेखि यही माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसूति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशालाबाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । “अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्थानै भएन”, सूचना अधिकारी सुवेदीले भन्नुभयो, “यस कारण केही दिन आकस्मिकबाहेकका सेवा बन्द गरेका हौँ ।”

    जिल्ला अस्पतालमा कार्यरत २३ कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । बुधबार मात्रै अस्पतालका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । पन्ध्र शय्याको यस अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै
    ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
    • दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    • दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    • नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    • दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.