सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार ११:२६ 
  • कावासोती, ६ माघ । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।

    अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै आजदेखि यही माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसूति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशालाबाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । “अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्थानै भएन”, सूचना अधिकारी सुवेदीले भन्नुभयो, “यस कारण केही दिन आकस्मिकबाहेकका सेवा बन्द गरेका हौँ ।”

    जिल्ला अस्पतालमा कार्यरत २३ कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । बुधबार मात्रै अस्पतालका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । पन्ध्र शय्याको यस अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.