सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रवन्ध मिलाइँदै


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १५:४१ 
  • महेन्द्रनगर, ५ माघ  । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ ।

    सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याउने तयारी थालिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले गड्डाचौकीमा कोरोनाको परीक्षण दिनहुँ भइरहेको बताउनुभयो । “ वडा कार्यालयको सिफारिसमा लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोलेसनमा पठाउने गरिएको छ”, प्रजिअ पाण्डेले भन्नुभयो, “ वडामा पनि स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको निगरानी गर्ने गरेका छन् ।” मुख्यमन्त्री वा प्रदेश सामाजिक विकास मन्त्रीको नेतृत्वमा कार्यविधि बनाएर होल्डिङ्ग सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ थियो ।

    यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रायलले सबै पालिकालाई २५ बेडको आइसोलेसन बनाउन पत्राचार गरेपनि अधिकांशले वास्ता गरेको देखिदैन् ।

    तर कञ्चनपुरमा बेलौरी नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड बनाएको खबर आएको प्रजिअ पाण्डेले बताउनुभयो । यहाँको सालघारीमा होल्डिङ्ग सेन्टर निमार्णको जिम्मेवारी पाएको हनुमान कन्र्ट«क्सनका प्रतिनिधी लक्ष्मण सापकोटाले निमार्ण अन्तिम चरणमा पुगेको बताउनुभयो ।

    “ एक हजारमध्ये ५५६ बेड तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ अरु सामान आएर काम हुनुका साथै अब निर्माण अन्तिम चरणमा पुगेपनि आर्थिक कारणले ढिलाइ भएको छ ।” उहाँले सरकारले रकम निकास नगर्दा चार महिनादेखि काम गरेको रकम नपाएको बताउनुभयो । “ रु २९ करोड २४ लाखको ठेक्का भएपनि काम सकिन लाग्दासम्म रु १५ करोड मात्रै पायौं”, उहाँले भन्नुभयो, “ गत असार १६ गतेबाट निर्माण सुरु गरिएको थियो ।”

    स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप फोकलपर्सन जनक कुवँरले जिल्लाभरि खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो । “ बालबालिकाको दोस्रो मात्रा बाहेक सबै खोप यहाँ मौज्दात छ”, उहाँले भन्नुभयो, “ सरकारको निर्देशन अनुसार पालिकाहरुमा धमाधम खोप अभियान सञ्चालन हुँदैछ ।”

    उहाँले स्वास्थ्य कार्यालयसँग कोभिसिल्ड, जोन्सन एण्ड जोन्सन, भेरोसिलसहितका खोप गरेर करिब ४५ हजार मात्रा मौज्दात रहेको बताउनुभयो । “ भारतबाट आउनेहरुलाई गड्डाचौकीमा रहेको होल्डिङ्ग सेन्टरमा दिनहुँ खोप लगाइरहेका छौं”, उहाँले भन्नुभयो, “ कोरोना बढेसँगै नाकामा पनि खोप लगाउनेहरुको सङ्ख्या बढिरहेको छ ।”

    यहाँको महाकाली प्रादेशिक अस्पतालमा कोरोनाको गम्भीर लक्षण देखिएका एक जनाको उपचार भइरहेको छ । सङ्क्रमित देखिएकाहरुलाई गड्डाचौकीबाट अस्पताल पठाइने गरेको भएपनि लक्षण नहुनुका साथै अवस्था सामान्य हुँदा प्रक्रिया पु¥याएर होम आइसोलेसनमा पठाउने गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.